१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्युः स्वास्थ्यकर्मी

सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्युः स्वास्थ्यकर्मी
अ अ+ अ-

काठमाडाैँ । सुडानमा भएको ड्रोन आक्रमणमा, कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको स्वास्थ्यकर्मीलाई उदृत गर्दै बिहीबार एएफपीले जनाएको छ । सुडानी सेना र अर्ध–सैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको लामो युद्धको कारण हाल दैनिक ड्रोन आक्रमणमा वृद्धि भएको छ जसमा एकै पटकमा दर्जनौंको निर्दोश नागरिकको ज्यान गएको जनाइएको छ ।

उत्तरी डार्फर राज्यको सराफ ओमरा सहरको बजारमा भएको आक्रमणमा एक शिशु सहित २२ जनाको मृत्यु हुनका साथै थप १७ जना घाइते भएको स्थानीय क्लिनिकका एक स्वास्थ्य कार्यकर्तालाई उदृत गर्दै एएफपीले बताएको छ ।

ड्रोनले पार्क गरिएको तेल ट्याङकमा प्रहार गर्दा ट्याङकरसहित बजारको केही भागमा आगो लागेको सराफ ओमरा र दुर्गम डार्फर क्षेत्रका बजारका बिक्रेता हमिद सुलेमानले बताउनु भएको छ । डार्फरमा आरएसएफको गढबाट करिब ८०० किलोमिटर पूर्वमा भएको अर्को ड्रोन आक्रमणका कारण सेनाको क्षेत्रको उत्तरी कोर्डोफान सडकमा कुदीरहेको ट्रकमा आगो लागेको जनाइएको छ ।

अस्पतालमा आएका छ वटा शवहरू मध्ये तीनवटा जलेका दश जना घाइते भएको जनाइएको छ ।  एल–राहादको स्थानीय अस्पतालको चिकित्सा स्रोतले आक्रमणको दोष आरएसएफलाई दिएको एएफपीले बताएको छ। सुडानमा लामो समय चलेकोको युद्धले दशौं हजारको ज्यान लिनुका साथै लगभग एक करोड १० लाख विस्थापित भएको जनाइएको छ ।