२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु स्थानान्त्रण : आइओएम



अ+ अ-

काठमाडाैँ । तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिसहरु लेबनानबाट सिरियामा स्थानान्त्रण गरेको आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओ एम) ले जनाएको छ ।

सङ्गठनका अनुसार देशमा बढ्दो इजरायली आक्रमणको बिचमा मार्च देखि दश लाख भन्दा बढी मानिसहरु लेबनान भित्रै विस्थापित भएका छन् । आइओएमका महानिर्देशक एमी पोपले निरन्तरको आक्रमणले कमजोर समुदायहरूमा धेरै दबाब दिइरहेको र मानवीय सङ्कठहरू बढाइरहेको उल्लेख गरेका छन् ।

उनले वर्तमान अवस्थाले आप्रवासनलाई उल्लेख्य असर गरेको बताउदै दबाब बढ्दै जाँदा मानवीय सङ्कट गहिरिदै गएको चेतावनी दिएको छ । आप्रवासी र आन्तरिक रूपमा विस्थापित लगायत नागरिकहरूको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण सम्मान गर्न जोड दिँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयमताका साथ तत्काल समस्याको समाधान गर्न आह्वान गरेका छन् ।