१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

दूतावास प्रवेश प्रकरणले जापान–चीन तनाव थप चर्कियो

दूतावास प्रवेश प्रकरणले जापान–चीन तनाव थप चर्कियो
अ अ+ अ-

काठमाडौं । टोकियोस्थित चिनियाँ दूतावासमा जापानी आत्मरक्षा बलका एक सदस्य अवैध रूपमा प्रवेश गरेको घटनाले जापान र चीनबीचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।

जापानले उक्त घटनालाई ‘खेदजनक’ भन्दै अनुसन्धान सुरु गरेको जानकारी दिएको छ भने बेइजिङले कडा विरोध जनाएको छ । जापान सरकारका शीर्ष प्रवक्ता मिनोरु किहाराले पत्रकार सम्मेलनमा भने, “कानूनको पालना गर्नुपर्ने जिम्मेवारी बोकेको आत्मरक्षा बलकै एक सदस्य दूतावास परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ पर्नु अत्यन्तै दुर्भाग्यपूर्ण घटना हो ।”

उनका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ र दूतावासको सुरक्षालाई थप सुदृढ बनाउने कदमहरू पनि चालिएको छ । यस्ता घटना दोहोरिन नदिन आवश्यक सबै उपाय अपनाइने उनले स्पष्ट पारे ।

प्रहरीका अनुसार २३ वर्षीय कोडाई मुराता नामक संदिग्धलाई मङ्गलबार बिहान करिब ९ः०० बजे दूतावास परिसरमा प्रवेश गरेपछि अतिक्रमणको आशङ्कामा पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा उनले दूतावासका राजदूतलाई भेटेर कट्टर टिप्पणी नगर्न आग्रह गर्ने योजना बनाएको बताएका छन् । यदि उक्त आग्रह अस्वीकृत भए आत्महत्या गरेर ध्यानाकर्षण गराउने सोच बनाएको पनि उनले बयान दिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार घटनास्थलबाट एक छुरी पनि बरामद गरिएको थियो, जसले सुरक्षा चासोलाई थप गम्भीर बनाएको छ । यस घटनाप्रति प्रतिक्रिया जनाउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङ ‘गहिरो स्तब्ध’ भएको बताए  ।

उनले जापानसमक्ष औपचारिक रूपमा कडा विरोध दर्ता गरिएको र यस्ता घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको जानकारी दिए । उक्त घटनाले पहिले नै संवेदनशील अवस्थामा रहेको दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाएको छ ।

गत नोभेम्बरमा जापानका प्रधानमन्त्री साने ताकाइचीले ताइवानसम्बन्धी विकसित हुन सक्ने परिस्थितिमा जापानले पनि केही भूमिका खेल्न सक्ने सङ्केत गरेका थिए त्यसपछि टोकियो र बेइजिङबीचको कूटनीतिक सम्बन्धमा केही चिसोपना देखिएको छ ।

उता, चीनले ताइवानलाई आफ्नो अभिन्न भूभागका रूपमा हेर्दै आएको छ र आवश्यक परे विभिन्न विकल्पहरू खुला राखेको बताउँदै आएको छ, जसका कारण क्षेत्रीय सुरक्षाबारे चासो भने निरन्तर व्यक्त हुँदै आएको छ ।