२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडाैँ । जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १.६ प्रतिशतले बढेको छ । मार्च २०२२ यता पहिलो पटक यो आँकडा २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार उतारचढाव भइरहने ताजा खाद्यवस्तुको मूल्य बाहेकको मुख्य उपभोक्ता मूल्य सूचकांक जनवरीको २ प्रतिशतको वृद्धिको तुलनामा फेब्रुअरीमा केही सुस्त देखिएको छ । जनवरीमा ५.२ प्रतिशतले घटेको ऊर्जाको लागत फेब्रुअरीमा ९.१ प्रतिशतले घटेको छ । विशेष गरी पेट्रोलको मूल्यमा १४.९ प्रतिशत र बिजुलीको महशुलमा ८ प्रतिशतले गिरावट आएपछि समग्र ऊर्जा लागत घटेको हो ।

ताजा सामग्री बाहेकका खाद्यवस्तुको मूल्य फेब्रुअरीमा ५.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ६.२ प्रतिशतको वृद्धिको तुलनामा केही कम हो । यसैबीच, फेब्रुअरीको अन्त्यमा इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणपछि कच्चा तेलको मूल्यमा आएको उछालका कारण आगामी महिनाहरूमा मूल्य वृद्धिको गति पुनः तिब्र हुने आँकलन गरिएको छ ।