१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिक सदस्यको इराकमा अन्त्येष्टि



अ+ अ-

काठमाडौँ। अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) का सदस्यहरूको मङ्गलवार इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ ।

एक सुरक्षा स्रोतले जानकारी दिएअनुसार पश्चिमी प्रान्त अन्बारमा मङ्गलवार सबेरै भएको उक्त आक्रमणमा मारिनेहरूमध्ये एक वरिष्ठ कमाण्डर समेत रहेका थिए ।

पीएमएफले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लंघनको संज्ञा दिएको छ । यस कार्यले अन्तर्राष्ट्रिय कानून वा मानवीय मान्यताप्रति कुनै सम्मान नदेखाएको कुरामा समेत सो संगठनले जोड दिएको छ ।

साथै, पीएमएफले इराकका राजनीतिक शक्तिहरूलाई यस्ता गम्भीर उल्लंघनहरू अन्त्य गर्न र देशको सार्वभौमसत्ताको रक्षाका लागि स्पष्ट र दृढ अडान लिन समेत आग्रह गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल




भर्खरै