१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र महाविधेशनको उद्घाटन समारोह (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा९एमाले०का महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको १२९औँ जन्मजयन्तीका अवसरमा महाधिवेशनको उद्घाटन गरिएको हो । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको तस्विरमा माल्यापर्ण गर्नुभयो । यस्तै, उद्घाटन सत्रमा महिला समूहको पञ्चेबाजा लगायतको प्रस्तुति पनि समावेश गरिएको छ ।
 
नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने मूल नारा तय गरेको छ । यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा परिवर्तन गरेको हो । महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता छ ।