८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको गाडी: महाधिवेशनको गाडी हाँकेँ अब रोकिंदैन



अ+ अ-

ललितपुर‍ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापतिका रूपमा पार्टीको गाडी हाँकिरहेको र धेरै अघि बढिसकेको ले रोकिने अवस्था नरहेको बताउनु भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा थापाले पूर्व सभापति शेरबहादुर देउवा पक्षलाई पार्टीमा समेटिएर अघि बढ्न आग्रह गर्दे यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘यो गाडी अघि बढिसक्यो, अब रोकिन्न। सबैलाई समेटेर लैजान्छौँ, तर कोही आफैं छुट्न खोज्छ भने त्यो मेरो कुरा होइन ।’

उहाँले भन्नुभयो -अब निर्णय भइसकेपछि महाधिवेशनतर्फ अघि बढ्ने हो। समीक्षा पनि त्यहीँ हुन्छ यो गाडीमा कोही छुट्नु हुँदैन । यदि यो गाडीमा नचढी कोही छुट्छु भन्छ भने त्यो मेरो कुरा होइन ।

थापाले विशेष महाधिवेशनपछि केही नेताहरूमा असन्तुष्टि देखिएको स्वीकार गर्दै संवादमार्फत सबैलाई समेट्ने प्रयास गर्ने बताउनु भयो ।