४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

२०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पती छानविन गर्नुपर्छ: गगनकुमार थापा

२०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पती छानविन गर्नुपर्छ: गगनकुमार थापा
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पती छानविन गरी अवैध सम्पती जफत गर्नुपर्ने आफूहरुको मुख्य माग रहने पनि बताउनु भयो ।

उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रश्ताव गर्ने पनि बताउनु भयो । उहाँले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नगरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताउनु भयो । विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उहाँले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानूनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘२०८२ सालबाट २०८७ सालसम्मको एउटा अध्याय शुरु भयो । यो विशेष परिस्थितिमा भएको सरकार हो । अब बन्ने सरकारसँग सुशासनको सन्दर्भमा धेरै अपेक्षाहरु छन् । हामी प्रतिपक्षको तर्फबाट गर्नुपर्ने भुमिका निर्वाह गर्छौँ । तर हामीले यसको लागि २०८२ साल अघिका कुराहरु पनि टुंग्याउनुपर्छ । २०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पती छानविन गर्नुपर्छ । यदि अवैध छ भने त्यो जफत गर्नुपर्छ । हामीले निर्वाचनमा जाँदा यो विषय उठाएका थियौँ । रास्वपाले पनि भनेको थियो । अब हाम्रो माग यो रहन्छ । हामीले यो ३५ सालको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएको पनि सुन्यौँ । यो सार्वजनिक खपतको विषय बनाइनुहुन्न । नेपाली काँग्रेसले अब कुनैपनि काण्ड वा भ्रष्टाचारका विषयका सन्दर्भमा कानूनसम्मत हिसाबले छानविन हुनुपर्छ । यो सार्वजनिक खपतको विषय हुनुहुन्न । भ्रष्टाचारको छानविन र शासकीय शक्तिको दुरुपयोगको अनुसन्धानको सन्दर्भमा काँग्रेसको पूर्ण साथ रहन्छ ।’

उहाँले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल