१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम स्पोर्ट लाई केटिएम वाईकको साथ



अ+ अ-

धनगढीमा पहिलो पटक सुदूरपश्चिम स्पोर्टस् अवार्ड आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले पुस १५ गते अवार्ड आयोजना गर्न लागेको हो । अवार्डलाई केटिएम बाइकले मुख्य प्रायोजन गरेको छ । विभिन्न ६ विधामा अवार्ड दिइने मञ्चले जनाएको छ । मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यक्ष र केटिएम बाइकका आधिकारिक विक्रेता वान स्टप अटोबाइक्सका प्रबन्ध निर्देशक अभियान खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई उत्प्रेरण प्रदान गर्ने भएकाले साथ दिन लागेका हौं,’ प्रबन्ध निर्देशक खड्काले बताए । मञ्चका सल्लाहकार उपाध्यक्षले सहयोगका लागि प्रायोजकलाई धन्यवाद दिए । अवार्ड वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेसल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।

विविध विधामा वितरण गरिने अवार्डमा हरेक विधामा एक जनाको मनोनयन सार्वजनिक गरिने बताइएको छ । स्पेसल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रमकै दिन गरिने जनाइएको छ । चार विधाका विजेतालाई नगद २५ हजार तथा स्पेसल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अवार्डको मुख्य प्रायोजक र विधागत प्रायोजकको खोजी भइरहेको मञ्चका अध्यक्ष सीताराम ओझाले बताए ।