३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एल क्लासिको’ भिडन्त बराबरीमै सकियो



अ+ अ-

नाउ क्याम्पमा भएको ‘एल क्लासिको’मा बार्सिलोना र रियल मड्रिड गोल रहित बराबरी भएका छन् । तर पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ । गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन् ।

दुवैले तेस्रो स्थानको क्लब सेभिल्लासंग स्पष्ट ५ अंकको अग्रता लिएका छन् । आईतबार सेभिल्लाले भिल्ला रियलविरुद्वको खेल गुमाएको थियो । खेलका दुवै टिमले गोलका सुन्दर मौकाहरु गुमाएका थिए । १७ औ मिनेटमा रियलका क्यासमिरोको हेड बललाई जेरार्ड पिकेले गोल लाईनबाट हटाएका थिए ।

दोस्रो हाफमा ग्यारेथ बेलको गोलले अफसाईडको मान्यता पाएको थियो । ला लिगामा १ सय ७९ औ भेट अक्टोबर २६ मा तय थियो । तर क्याटलोनियामा भएको राजनीतिक प्रर्दशनलाई लक्षित गर्दै एल क्लासिको सारिएको थियो । बुधबार खेलका लागि दुवै टिमलाई एकै होटलमा राखिएको थियो । सुरक्षाका कारण दुवै टिमले एकै होटलमा बसेका थिए ।