३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेइबर्गलाई हराउँदै वायर्न शीर्ष तीनमा



अ+ अ-

साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रेइबर्गलाई ३–१ गोल अन्तरले वायर्नले पराजित गरेको हो । फ्रेइबर्गको मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, जोसुवा जिर्क्जी र सेर्गी गान्ब्रीले एक एक गोल गरेका थिए ।

फ्रेइबर्गका भिन्सेन्जो ग्रिफोले एक गोल फर्काए । जितसँगै वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । वायर्नले १६ खेलबाट ३० अंक जोडेको छ । पराजित फ्रेइबर्ग २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अर्को खेलमा दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडवाचले पाडरबनलाई २–० ले हराएको छ । फ्रान्कफर्ट क्लोन ४–२ गोल अन्तरले पराजित भएको छ ।