५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेइबर्गलाई हराउँदै वायर्न शीर्ष तीनमा



अ+ अ-

साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रेइबर्गलाई ३–१ गोल अन्तरले वायर्नले पराजित गरेको हो । फ्रेइबर्गको मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, जोसुवा जिर्क्जी र सेर्गी गान्ब्रीले एक एक गोल गरेका थिए ।

फ्रेइबर्गका भिन्सेन्जो ग्रिफोले एक गोल फर्काए । जितसँगै वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । वायर्नले १६ खेलबाट ३० अंक जोडेको छ । पराजित फ्रेइबर्ग २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अर्को खेलमा दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडवाचले पाडरबनलाई २–० ले हराएको छ । फ्रान्कफर्ट क्लोन ४–२ गोल अन्तरले पराजित भएको छ ।