५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको गोलमा युभेन्ट्सको जित



अ+ अ-

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेड गोलमा सिरि ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।बुधबार भएको खेलमा साम्पोडियालाई २–१ गोल अन्तरले युभेन्ट्सले पराजित गरेको छ । खेलमा अग्रता युभेन्ट्सले पाउलो ड्याबालाको गोलबाट १९ औं मिनेटमा लिएको थियो ।

घरेलु टोली साम्पोडियाका जियानलुका कापरारीले ३५ औं मिनेटमा बराबरी गोल फर्काए । ४५ औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अगाडी बढाएका थिए । रोनाल्डोको सोही हेड गोल युभेन्ट्सलाई सिरि एमा तीन अंकको अग्रता दिलाउन पर्याप्त रह्यो ।

जितसंगै शीर्ष स्थानको युभेन्ट्सले ४२ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिएको छ । साम्पोडिया १५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।