९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध
अ अ+ अ-

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ।

बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न थालिएको हो । गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत तटबन्धन तथा नदी नियन्त्रण गर्न थालिएको हो ।

गत वर्ष २५ स्थानमा तटबन्ध गरिएको थियो । यस वर्ष बागलुङ नगरपालिकाको दुई, गलकोट नगरपालिकाको ६, बडिगाड गाउँपालिकाको तीन, ढोरपाटन नगरपालिकाको एक र बरेङ गाउँपालिकाको दुई स्थानमा तटबन्ध गर्न थालिएको हो ।

रु एक करोड ३० लाख लागतमा १४ स्थानमा तटबन्ध गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी सुवोध नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ–३ सिगाला र वडा नं १२ गङ्गेखाल्टामा तटबन्ध गरिने छ । सबैभन्दा बढी तटबन्ध गलकोटमा हुँदै छ । गलकोट–५ मा खहरेखोला, वडा नं ९ को दरमखोला, वडा नं ३ गौदीखोला र दरमखोला, वडा नं २ को नरेठाँटीखोला र वडा नं ११ को काउछेरिगमा तटबन्ध गर्न थालिएको छ ।

बडिगाड गाउँपालिका–५ र ६ मा बडिगाड खोला तथा खहरेखोला, ढोरपाटन–५ स्थित भुजीखोलामा तथा बरेङ गाउँपालिका–२ स्थित हुग्दिखोलाको दुई स्थानमा तटबन्ध गरिने सूचना अधिकारी नेपाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १४ स्थानमा बस्ती संरक्षण गर्नेगरी तटबन्धको काम सुरु भएको छ, अधिकांश योजनाको सम्झौता गरेर काम अगाडि बढेका छन्, केही योजना सम्झौताकै चरणमा रहेका छन् ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बर्खामा साना तथा ठूला खोलामा पानीको सहत बढ्दा बस्ती नै जोखिममा परेको हुँदा पछिल्लो केही वर्षदेखि बस्ती संरक्षणको काम गर्दै आएको बताउनुभयो ।

नगरपालिका र प्रदेश सरकारको लगानीमा दरमखोला तथा गौदीलोखाको विभिन्न क्षेत्रमा तटबन्धनको काम गर्दै आएको उहाँको भनाइ छ । प्रदेश सरकारको लगानीमा यस वर्ष गलकोटमा रु ५५ लाखको लागतमा ६ तटबनध गर्न थालिएको छ । रासस