• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

ऐन संशोधनको अन्तिम चरणमा पुगेका छौ, अब केही सहज हुन्छ : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार संस्था भएको बताउनुभएको हो । सहकारी संस्थाहरुको केन्द्रीय बैंकका रुपमा सहकारी बैंकले काम गर्नुपर्ने भन्दै खतिवडाले यसका असिमित क्षेत्र भएपनि कानुनी सीमा पनि रहेको कुरा स्मरण गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री खतिवडाले सहकारी बैंकले सीमित बैंकिङ कारोबार मात्रै गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी ऐनअनुसार सहकारी संस्थाहरुले के गर्न खोजेपनि विभिन्न ऐनहरुले बाटो बन्द गरिदिने गरेको बताउनुभयो । ‘शिक्षामा जान चाहान्छ शिक्षा ऐनले रोक्छ, स्वास्थ्यमा जान चाहान्छ स्वास्थ्य ऐनले रोक्छ विमामा जान चाहान्छ विमा ऐनले रोक्छ’ उहाँले भन्नुभयो, ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयकका रुपमा ती ३५ वटा ऐनको तगारो हटाउने अन्तिम चरणमा पुगेका छौँ । अब केही सहज हुन्छ ।’

सहकारी बैंकले बिहीबारबाट एटिएम सेवाको पनि सुरुवात गरेको छ । कृषि विकास बैंकसँगको सहकार्यमा एटिएम सेवा सञ्चालन गरिएको हो ।