१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

ऐन संशोधनको अन्तिम चरणमा पुगेका छौ, अब केही सहज हुन्छ : अर्थमन्त्री खतिवडा

ऐन संशोधनको अन्तिम चरणमा पुगेका छौ, अब केही सहज हुन्छ : अर्थमन्त्री खतिवडा
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार संस्था भएको बताउनुभएको हो । सहकारी संस्थाहरुको केन्द्रीय बैंकका रुपमा सहकारी बैंकले काम गर्नुपर्ने भन्दै खतिवडाले यसका असिमित क्षेत्र भएपनि कानुनी सीमा पनि रहेको कुरा स्मरण गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री खतिवडाले सहकारी बैंकले सीमित बैंकिङ कारोबार मात्रै गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी ऐनअनुसार सहकारी संस्थाहरुले के गर्न खोजेपनि विभिन्न ऐनहरुले बाटो बन्द गरिदिने गरेको बताउनुभयो । ‘शिक्षामा जान चाहान्छ शिक्षा ऐनले रोक्छ, स्वास्थ्यमा जान चाहान्छ स्वास्थ्य ऐनले रोक्छ विमामा जान चाहान्छ विमा ऐनले रोक्छ’ उहाँले भन्नुभयो, ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयकका रुपमा ती ३५ वटा ऐनको तगारो हटाउने अन्तिम चरणमा पुगेका छौँ । अब केही सहज हुन्छ ।’

सहकारी बैंकले बिहीबारबाट एटिएम सेवाको पनि सुरुवात गरेको छ । कृषि विकास बैंकसँगको सहकार्यमा एटिएम सेवा सञ्चालन गरिएको हो ।