१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

बञ्जरेडाँडाबाट मन्त्री मानन्धरको एक्सन, काम रोक्नेलाई सिधै कारबाही

बञ्जरेडाँडाबाट मन्त्री मानन्धरको एक्सन, काम रोक्नेलाई सिधै कारबाही
अ अ+ अ-

काठमाडौं। फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानीटरी ल्याण्डफिल्ड साइड निर्माण कार्यलाई तिब्रता दिन सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्देशन दिएका छन् ।

१३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा बिहिबार मन्त्रालयका सचिवसहितको अधिकारीहरुको टोली लिएर पुगेका मन्त्री मानन्धरले काठमाडौंको फोहर व्यवस्थापनको लाईफलाईनका रुपमा रहेको आयोजनामा ढिलाई गरे कारबाही गर्ने चेतावनी समेत दिएका छन् । उक्त परियोजना शहरी विकास मन्त्रालय मातहत आएपछि निर्माणले गति लिएको छ । तर पुस एकबाट फोहर फाल्नका लागि योग्य हुने लक्ष्य पुरा नभएपछि मन्त्री मानन्धर आफैं फिल्डमा पुगेका हुन् । अहिलेकै अवस्थामा निर्माण कार्यले तीव्रता पाएमा अबको दुई महिना भित्र काठमाडौ उपत्यकाले भोग्दै आएको फोहरको समस्या सदाका लागि अन्त्य हुनेछ ।

निकै प्रतिक्षा गरिएको उक्त आयोजनामा निर्माणमा पटक पटक विभिन्न बाहनामा रोकिदै आएको छ । अहिलेकै गतिमा काम भए दुइ महिनापछि काठमाडौ उपत्यकाको फोहर व्यवस्थापनको महत्वपूर्ण कडी मानिएको बन्चरे डाँडा स्यानीटरी ल्याण्डफिल्ड साइडमा फोहर फाल्न सकिने बन्ने छ । गत बैशाखबाट निर्माण कार्य थालिएको उक्त ल्याण्डफिल्ड साइडको धेरै काम अघि बढेको छ ।

आयोजनालाई आफूले नजिकबाट नियालीरहेको भन्दै राज्यमन्त्री मानन्धरले पाक्षिक रुपमा आयोजनाको निरिक्षण र अनुगमन गर्ने बताए । आयोजनामा देखिएका समस्या आफ्नै अग्रसरतामा समाधान गर्ने दावी गरेका मन्त्री मानन्धरले यसलाई नमुना आयोजनाको रुपमा सम्पन्न गर्ने दावी समेत गरे । मन्त्री मानन्धरले सरकारी निकायबीच सम्वन्वय हुन नसके सिधै आफुलाइ रिपोर्ट गर्न सरोकारवाला पक्षलाई आग्रह गर्दै तोकिएको मितिमा आयोजना सम्पन्न नभए संलग्न सबैलाई कारबाहीको चेतावनी समेत दिएका छन् ।

मन्त्री मानन्धरले स्थानीयलाईसमेत लाभ हुनेगरि आयोजना तयार भएको भन्दै स्थानीयले मन दुखाउनुपर्ने कुनै कारण नभएको बताए । मन्त्री मानन्धरले यो आयोजना देशकै नमुना आयोजनाका रुपमा विकास गर्नका लागि नविनतम प्रविधिको प्रयोग हुने बताए । आयोजना प्रभावितका सबै समस्या समाधान भइसकेकाले कामलाई तिब्रता दिइने मन्त्री मानन्धरको भनाइ थियो ।

देशमा स्थिर सरकार भएकालेविकास निर्माणका कामले गति लिने बताउँदै मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको सहरी सुन्दरता कायम गर्नका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको भुमिका मह्वपुर्ण हुने बताए । मन्त्री मानन्धरले देशका मुख्य सहरहरुलाई फोहर र धुलोमुक्त बनाउन सरकारले कार्ययोजना बनाइरहेकाले केही समयमै परिवर्तन देखिने बताए ।
बिहीबार शहरी विकास राज्यमन्त्री रामविर मानन्धर, सचिव मधुसुदन अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, उपमहानिर्देशक लागायतका टोलीले बन्चरे डाँडाको स्थलगत अवलोकन गरेपछि दुई महिनाभित्रमा फोहर फाल्न सक्ने स्थितिमा पुर्याउनेमा उनीहरु विश्वस्त भएका हुन् ।

कार्यालय प्रयोजनका लागि भवन निर्माण देखि फोहोर फाल्ने मुख्य स्थानमा फाउण्डेसनको काम अघि बढेको छ । मुख्य स्थानलाई दुई सेलमा विभाजन गरी कम्तीमा एक सेलमा छिट्टै फोहर फाल्न मिल्ने बनाउन लागिएको छ ।

लिचड व्यवस्थापनको लागि दुईवटा लिचड पाउण्ड निर्माण थालिएको उपमहानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पद्यम मैनालीले बताए । आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइड निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
बन्चरे डाँडाबाट २ किलोमिटर पूर्व सिसडोलकै अवस्था हुने त होइन भन्ने आशंका स्थानीयमा अझै छ । जसका कारण बन्चरे डाँडा र राज्यको काम गराइप्रति उनीहरु विश्वस्त हुन सकेका छैनन् ।

सिसडोलको दुर्गन्धबाट आजित भएका स्थानीयबासीलाई बन्चरे डाँडा ल्याण्डफिल्ड व्यवस्थित र आधुनिक हुने विश्वास जगाउन आफू यहाँ आएको मन्त्री मानन्धरले बताए । आफ्नै निर्वाचन क्षेत्रसँग जोडिएकाले यहाँका स्थानीयको समस्या आफुले बुझेको बताउँदै मन्त्री मानन्धरले आयोजना निर्माणमा ढुक्क भएर सहयोग गर्न स्थानीयलाई आग्रह समेत गरे । मन्त्री मानन्धरले यो आयोजना फोहर व्यवस्थापनको नमुना आयोजना हुने भन्दै यसका लागि नविनतम प्रविधि भित्र्याउन सरकार तयार रहेको समेत बताए ।