४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

फुटबल प्रशिक्षणलाई कृत्रिम घाँसै मैदान बन्ने

फुटबल प्रशिक्षणलाई कृत्रिम घाँसै मैदान बन्ने
अ+ अ-

गोरखा । गोरखामा फुटबल प्रशिक्षणका लागि कृत्रिम घाँसेमैदान निर्माण गरिने भएको छ । गोरखा नगरपालिका–९ दल भन्ञ्याङमा द ओसन क्बलले घाँसे मैदान निर्माण गर्न लागेको क्बलका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो । “क्बलले आफ्नै सक्रियतामा विश्व फुटबल महासङ्घ (फिफा) को अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेल मैदानमा कृत्रिम घाँस विछ्याउन लागेको हो”, उहाँले भन्नुभयो, “कृत्रिम घाँस चीनबाट ल्याउने तयारी भइरहेको छ ।”

क्बलले ४६ मिटर लम्बाइ र २३ मिटर चौडाइ रहेको मैदानमा घाँस विछ्याउन लागेको उहाँले जानकारी दिनुभयो । “वर्षायामको समयमा हाल रहेको मैदानमा खेलाडीलाई नियमित फुटबल प्रशिक्षण दिन समस्या हुँदै आएको छ”, अध्यक्ष खत्रीले भन्नुभयो, “अहिले पनि ४० जनालाई नियमित प्रशिक्षण दिँदै आएका छौं तर जव पानी पर्छ, मैदान हिलो र लामो समय पानी नपर्दा मैदान धुलो भएर समस्या हुन थालेपछि घाँस विछ्याउन लागिएको हो ।”

चार महिनाभित्रमा मैदान निर्माण सम्पन्न गर्ने योजना रहेको उहाँको भनाइ थियो । मैदान निर्माणका लागि गोरखा नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताउनुभयो । नगरपालिकाले उपलब्ध गराएको जग्गामा खेल मैदानसँगै पौडी पोखरी, जिम हलसहितको भवन बनाउने योजना क्बलले बनाएको उहाँले बताउनुभयो । “मैदानलाई भाडामा पनि प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको छ ”, उहाँले भन्नुभयो ।

घाँसे मैदान निर्माण गर्न घाँस खरीदका लागि मात्र १६ लाख रुपैया लाग्ने अनुमान गरिएको क्बलले जनाएको छ । बाँकी अन्य कामका लागि गरी कूल ३१ लाख २२ हजार खर्च हुने उहाँले जानकारी दिनुभयो । मैदान निर्माणका लागि आवश्यक पर्ने रकमका लागि सहयोग सङ्कलन गर्दै आएको उहाँको भनाइ थियो । “अहिलेसम्म रु १८ लाख जुटिसकेको छ”, अध्यक्ष खत्रीले भन्नुभयो, “बाँकी रकम सहयोग जुटाउने काम भइरहेको छ ।’

घाँसे मैदान निर्माणका लागि गोरखा नगरपालिका गोरखाले रु सात लाख उपलब्ध गराएको छ । त्यस्तै वडा कार्यालय र पालुङटार नगरपालिकाले एक÷एक लाख उपलब्ध गराउने जनाइएको छ । उहाँले भन्नुभयो” अन्य क्षेत्रबाट पनि सहयोग रकम जुटिरहेको छ । कृत्रिम घाँसे मैदान बनेसँगै युवा फुटबल प्रशिक्षण कार्यक्रम नियमित सञ्चालन गर्न सहज हुने खत्रीले बताउनुभयो । क्बलले जिल्लामा लामो समयदेखि युवालाई फुटबल प्रशिक्षण दिँदै आएको छ ।