१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्वीचविरुद्ध आर्सनलको सानदार जित



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

नर्विचको मैदानमा भएको खेलमा आर्सनलका बुकायो साकाले छैटौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

खेलको ४४ औं मिनेटमा किरन टीएर्नेले गोल गर्दै आर्सनललाई २-० को स्थितीमा ल्याए ।

६७ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को अवस्थामा ल्याए ।

यस्तै, खेलको ८४ औं मिनेटमा अलेक्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई ४(० ले अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा स्मिथ रोएले गोल गर्दै आर्सनललाई ५-० को जित दिलाए ।

जितसँगै आर्सनलले १९ खेलमा ३५ अंक जोडेको छ भने अंकतालिकाको चौंथो स्थानमा रहेको छ ।

यता, १८ खेल खेलेको नर्विच १० अंकसहित पुछारमा रहेको छ ।