२४ भाद्र २०८३, बुधबार
,
Latest
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज फ्रान्सेली भाषा दिवस



अ+ अ-

काठमाडौँ । आज फ्रान्सेली भाषा दिवस हो । बहुभाषिकता तथा सांस्कृतिक विविधतालाई प्रोत्साहन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष २० मार्चमा यो दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१० देखि हरेक वर्ष अरेबिक, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रुसी र स्पेनी भाषा दिवस मनाउँदै आएको छ ।

भाषा दिवसका माध्यमबाट प्रत्येक भाषाको इतिहास, संस्कृति र प्रयोगबारे चेतना बढाउन अवसर प्रदान गर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

उक्त विश्व संस्थाका अनुसार अङ्ग्रेजी, म्यान्डारिन र स्पेनीपछि फ्रान्सेली भाषा विश्वमा सबैभन्दा बढी बोलिने चौथो भाषा हो । यो भाषा ३९ करोड ६० लाख मानिसले बोल्ने गरेका छन्भने संसारमा सबैभन्दा बढी सिकाइने दोस्रो विदेशी भाषा पनि हो । हाल करिब १७ करोड विद्यार्थीले यो भाषा सिकिरहेका छन् । फ्रान्सेली बोल्नेहरूको ६५ प्रतिशत हिस्सा अफ्रिकामा छ ।