२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूइएफए च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा



अ+ अ-

काठमाडौँ। यूइएफए च्याम्पियन्स लिग फुटबलको क्‍वार्टरफाइनल समिकरण पूरा भएको छ ।

गएराति अन्तिम– १६ का खेल सकिएसँगै क्‍वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । क्‍वार्टरफाइनलमा स्पेनको रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्ने भएको छ । अन्तिम– १६ मा रियलले म्यानचेस्टर सिटी र बायर्नले एट्लान्टालाई पराजित गरेका थिए ।

यस्तै, इंग्लिस क्लब आर्सनलको भेट पोर्चुगिज टोली स्पोर्टिङ सीपीसँग हुने भएको छ । आर्सनलले बायर लेभरकुसन तथा स्पोर्टिङले बोडो ग्लिमटलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।

यसैगरी, दुई स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिडको भेट पनि क्वार्टरफाइनलमै हुने भएको छ । अन्तिम– १६ मा बार्सिलोनाले न्युकासल युनाइटेड तथा एट्लेटिकोले टोटनहमलाई निरास बनाएका थिए ।

यस्तै, साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले चेल्सी तथा लिभरपुलले गालातासरेको चुनौतीलाई पन्छाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

क्‍वार्टरफाइनलका पहिलो लेग अप्रिल दोस्रो तथा दोस्रो लेग तेस्रो साता हुनेछन् ।