३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुपेन्द्रलाई रजत, मिनु फाइनलमा



अ+ अ-

चीनमा जारी एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा नेपालका भुपेन्द्र थापा मगरले रजत पदक जितेका छन् । चीनको जिङयाङमा पुरुष ६४ केजीमा भुपेन्द्रले रजत जितेका छन् । भुपेन्द्र फाइनलमा चाईनीज ताइपेइका मुक्केबाज वाङ जिया–ज्योनसँग स्प्लिट डिसिजनको आधारमा ३–२ ले पराजित भएका थिए ।

रजत जितेसँगै भुपेन्द्रले ५ सय डलर पनि हात पारे । भुपेन्द्र नेपालमा सम्पन्न १३ औँ सागका स्वर्णधारी खेलाडी हुन् । यस्तै नेपालकी मिनु गुरुङ फाइनलमा पुगेकी छिन् ।

महिला ५४ केजीमा मिनु चाईनीज ताइपेइकी मुक्केबाज ताओ यिङ युलाई अंकको आधारमा हराउँदै उपाधि नजिक पुगेकी हुन् । सागका स्वर्णधारी मिनुले उपाधिका लागि फिलिपिन्सीकी नाइस जा डेटेक्लसँग खेल्ने छिन् ।