३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्भेसमाथी शान्दार बार्सिलोनाको जित



अ+ अ-

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अल्भेसलाई ४–१ गोल अन्तरले बार्सिलोनाले पराजित गरेको हो ।घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रीजम्यान, अर्टुरो भिदाल, लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरेका थिए । तर अल्भेसका पीरी पोन्सले एक गोल फर्काएका थिए ।

क्याम्प नाउमा खेलको १४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ४५ औं मिनेटमा भिदालले गोल गर्दा बार्सिलोना २–० ले अघि रह्यो । ५६ औं मिनेटमा पोन्सले गोल गर्दै अल्भेसलाई २–१ को स्थितिमा ल्याए । ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रता दिलाए । मेस्सीले नयाँ सिजनमा क्लब र देशका लागि ५० औं गोल पुरा गरे ।

त्यसपछि खेलको ७५ औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ४–१ को सहज जित दिलाउन सफल रहे । जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ । र, लिगमा बार्सिलोनाले तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको रियल मड्रिडको ३६ अंक रहेको छ ।