५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टरमाथी सिटीको जित



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लेस्टर सिटीलाई हराएको छ । शनिबार भएको खेलमा लेस्टरलाई ३–१ गेल अन्तरले सिटीले हराएको हो । सिटीको घरेलु मैदानमा अग्रता भने लेस्टरले जेमी भार्डीको गोलबाट २२ औं मिनेटमा लिएको थियो । लेस्टरको पुर्व स्टार रियाद महरेजले ३० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

ईल्के गुन्डोगनले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए ।केभिन डी ब्रुइनीको पासमा ग्याब्रियल जिससले ६९ औं मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए । सिटीले लिगको दोस्रो स्थानको लेस्टरलाई हराउँदा शीर्ष स्थानको लिभरपुलले १० अंकको अग्रता बनाएको छ ।

तालिकाको तेस्रो स्थानको सिटीले लेस्टरलाई हराउँदा लिभरपुलको १० अंकको अग्रता बनेको हो ।शीर्ष स्थानको लिभरपुलको ४९ अंक छ । लेस्टर ३९ अंक सहित दोस्रो र सिटी ३८ अंक सहित तेस्रो स्थानमा छ । जारी सिजनमा ब्रुईनीले १३ गोलको अवसर सिर्जना गरेका छन् । उनैबाट प्रेरित सिटीले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी १० मा झारेको छ ।