१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा तरकारी मूल्य सस्तो



अ+ अ-

बारा । कलैया बजारमा हरियो तरकारीको मूल्य गत महिनाभन्दा अहिले सस्तो भएको छ । कृषकले खेती गरेको हिउँदे तरकारीहरु बजारमा आउन थालेपछि पहिलाभन्दा अहिले सस्तो भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । केराउ प्रतिकिलो ६०, गोलभेँडा ४०, बन्दाकोभी ५०, काउली ४०, भण्टा २०, मूला १० रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ ।

त्यसैगरी रायो पाँच, पालुङ्गो १०, मेथी १०, चम्सुर १० रुपैयाँ पुलाको बिक्री भइरहेको छ । गत महिना काउली प्रतिकिलो रु ८०, केराउ १७०, गोलभेँडा २४०, भण्टा ५०, हरियो सागसब्जी प्रतिपुला रु २० का दरले भइरहेको थियो । तरकारी अहिले सस्तो भएपछि राहत महसुस भएको वस्तपुरका इमरान आलमले भन्नुभयो । यस वर्ष किसानहरुले छ हजार ३२५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका हिउँदे तरकारी खेती गरेको ज्ञान केन्द्रका प्राविधिक मण्डलले जानकारी दिनुभयो ।