२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा तरकारी मूल्य सस्तो



अ+ अ-

बारा । कलैया बजारमा हरियो तरकारीको मूल्य गत महिनाभन्दा अहिले सस्तो भएको छ । कृषकले खेती गरेको हिउँदे तरकारीहरु बजारमा आउन थालेपछि पहिलाभन्दा अहिले सस्तो भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । केराउ प्रतिकिलो ६०, गोलभेँडा ४०, बन्दाकोभी ५०, काउली ४०, भण्टा २०, मूला १० रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ ।

त्यसैगरी रायो पाँच, पालुङ्गो १०, मेथी १०, चम्सुर १० रुपैयाँ पुलाको बिक्री भइरहेको छ । गत महिना काउली प्रतिकिलो रु ८०, केराउ १७०, गोलभेँडा २४०, भण्टा ५०, हरियो सागसब्जी प्रतिपुला रु २० का दरले भइरहेको थियो । तरकारी अहिले सस्तो भएपछि राहत महसुस भएको वस्तपुरका इमरान आलमले भन्नुभयो । यस वर्ष किसानहरुले छ हजार ३२५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका हिउँदे तरकारी खेती गरेको ज्ञान केन्द्रका प्राविधिक मण्डलले जानकारी दिनुभयो ।