१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने



अ+ अ-

सिन्धुलीगढी । कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ । विसं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेकोे इतिहास छ । करीब दुई हजार ५०० मिटर अग्लो उक्त स्थानबाट गोरखाली सेनाले स्थानीयवासीको सहयोगमा सोही वर्ष असोज १५ गते विजय प्राप्त गरेको थियो ।

कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि त्यहाँ भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ सिन्धुलीका सचिव विदुर पौडेलले यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा शालिक अनावरण गरिने जानकारी दिनुभयो ।

प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गत मङ्सिर ३० देखि आजसम्म त्यस प्रदेशअन्तर्गतका पहाडी तथा हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यमा सञ्चारकर्मीको अवलोकन भ्रमण गराएको छ । उक्त टोलीले दोलखा, रामेछाप र सिन्धुलीका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेको छ । मन्त्रालयले पर्यटन क्षेत्रको विकासका लागि चालु आवमा रु एक अर्ब ६५ करोड विनियोजन गरेको भ्रमण कार्यक्रमका संयोजक ताराप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

काठमाडौंदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो । सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको तथा विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान गरेको छ ।

तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोरखाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेको थियो, जबकि बेलायती सेनासँग अत्याधुनिक हातहतियार थिए । संसारभर आफ्नो साम्राज्य जन्माउँदै हिँडेका अङ्ग्रेजले सिन्धुलीगढीमा पहिलो पटक गोर्खाली सेनासँगै हार बेहोर्नु परेको थियो । सोही कारण नेपालीको शिर सधैंँ उच्च रहेको छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा आफूलाई चिनाउँदै आएको छ । सिन्धुलीगढीमा नेपाली सेनाले प्राप्त गरेको सफलताकै कारण नेपालले विश्व इतिहासमा सुनौलो अक्षर कोर्न सफल भएको शिवाकोटीले बताउनुभयो । इतिहासकारको अध्ययन अनुसन्धानअनुसार त्यसबेला हाम्रा पु्र्खाले बल, बुद्धि र विकेकले सिन्धुलीगढी युद्ध नजितेको भए नेपालको एकीकरण कठिनप्रायः थियो ।