१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’

‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय बिदा सुरु भएको र काठमाडौँ छोडेर घर जानेको पनि भीड बढ्न थालेको छ । नयाँ बसपार्कमा भीड बढ्न थालेपछि हामीले सुरक्षाकर्मीको सङ्ख्या पनि थपेका छौँ ।”

यात्रुहरुको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रुपम यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताउनुभयो । यसैगरी दसैँ मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ । काठमाडौँको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौँ छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने र घर जानेको सङ्ख्या बढ्दै गएको सुदूरपश्चिम यातायातका काठमाडौँ–धनगढी रुटका बस चालक रमित ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले हाम्रा गाडी भरिभराउ हुने गरेका छन् । यात्रुका कारण निकै चहलपहल बढेको छ ।”

हिजो घटस्थापनादेखि काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेको हो । बिहीबार दिउँसो १२ बजेसम्म बस, माइक्रो, ट्रक, निजी सवारी साधान र मोटरसाइकिल गरी आठ सय २० सवारी साधन काठमाडौँबाट बाहिरिएका ती सवारी साधनमा १३ हजार पाँच सय तीन जना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो १२ बजेसम्म पाँच सय ४४ सवारी साधन काठमाडौँ भित्रिएका र त्यसमा सवार छ हजार पाँच सय ५४ यात्रु काठमाडौँ प्रवेश गरेका छन् । प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङख्या पनि अधिक रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

दसैँका लागि यही असोज २३ गते सम्मका लागि बस काउण्टरले अग्रिम टिकट बुकिङ गरिसकेकाले यात्रुलाई अहिले सहज रुपमा टिकट पाउन मुस्किल परिरहेको काठमाडौँबाट दसँैका लागि घर जान बसपार्कमा पुगेका रोल्पाका ललित मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “टिकट काउण्टरले २३ गतेसम्म गाडी प्याक छन् भन्छन, हामीले टिकट पाउन सकेका छैनौँ । कसरी घर जाने बाटोको अवस्था यस्तो छ । दु:ख पाइने भयो ।” उहाँ जस्तै आज नयाँ बसपार्कमा टिकटका लागि यात्रुहरु बिहानदेखि आए पनि सहज रुपमा टिकट नपाएको भन्दै गुनासो गरीरहेका थिए ।