१८ आश्विन २०८१, शुक्रबार
,
Latest
सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउँछौँ: मन्त्री पाण्डे गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी पूर्वराजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाको प्रयोग भईरहेको बताएका छन् ।

चितवनमा आयोजित सार्वजनिक सुनुवाइको कार्यक्रममा बोल्दै रविले यस्तो बताएका हुन् ।

सहकारीको समस्या समाधान गर्नको लागि आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको बताउदै उनले भने, ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो। तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ। त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन। तर त्यसरी आएको पैसाको सेयर होल्डर भएकाले त्यसको जिम्मेवारी लिनुपर्छ प्रतिवेदनले भनेको छ।’

आफूलाई केन्द्रित गरेर गलत ढंगले फसाउन खोजेको बताउदै उनले भने, ‘अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु। गलत ढंगले फसाउन खोजेर सकिन्न। दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस्। अनुसन्धानमा सघाउँछु।’

रविले आफूले सहकारीबाट रकम ल्याएको प्रमाण छ भन्नेहरूले दिए चितवनबाटै राजनीति छाडेको घोषणा गरेर फर्किने बताए।