१ आश्विन २०८३, बिहीबार
,
Latest
चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाको प्रयोग भईरहेको बताएका छन् ।

चितवनमा आयोजित सार्वजनिक सुनुवाइको कार्यक्रममा बोल्दै रविले यस्तो बताएका हुन् ।

सहकारीको समस्या समाधान गर्नको लागि आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको बताउदै उनले भने, ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो। तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ। त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन। तर त्यसरी आएको पैसाको सेयर होल्डर भएकाले त्यसको जिम्मेवारी लिनुपर्छ प्रतिवेदनले भनेको छ।’

आफूलाई केन्द्रित गरेर गलत ढंगले फसाउन खोजेको बताउदै उनले भने, ‘अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु। गलत ढंगले फसाउन खोजेर सकिन्न। दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस्। अनुसन्धानमा सघाउँछु।’

रविले आफूले सहकारीबाट रकम ल्याएको प्रमाण छ भन्नेहरूले दिए चितवनबाटै राजनीति छाडेको घोषणा गरेर फर्किने बताए।