१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण



अ+ अ-

भैरहवा : प्राकृतिक विपद् व्यवस्थापनमा तीव्रता दिइनु पर्ने, चाडपर्वकै मुखमा मौलाएको महँगी र कालोबजारी नियन्त्रण हुनु पर्ने लगायतका आम नागरिकका चासोका मुद्दाहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका जिल्ला सभापति एवं लुम्बिनी प्रदेश कार्य सम्पादन समितिका सदस्य डा. बुद्धिप्रसाद शर्माको नेतृत्वमा रास्वपा रुपन्देहीका पार्टी सदस्यहरूको समूहले बुधवार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटी ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै प्रभावकारी कदम चाल्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

नेपालीहरूको महत्त्वपूर्ण चाड पर्वहरू दसैँ, तिहार, नेपाल संवत् र छठ पर्व नजिकिँदा आवतजावत बढ्ने गर्छ। यसलाई मध्यनजर गर्दै आइ पर्न सक्ने थप विपद् पूर्व तयारीको लागि घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिई यथाशीघ्र उचित उपचारको व्यवस्था गर्न तथा तत्काल गास र बासको व्यवस्था मिलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको छ।

चाडबाडको बेलामा चोरी डकैती तथा आपराधिक घटना धेरै बढ्ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाड पर्व लक्षित घटना नियन्त्रण गर्न पूर्व तयारी अवस्थामा रहन रास्वपा रुपन्देहीले सरकारलाई आग्रह गरेको छ।

चाड पर्वहरूको अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा कृत्रिम अभाव सृजना गरिएको र कालो बजारले प्रशय पाएको गुनासो आम नागरिकबाट सर्वत्र आएकोले यसको नियन्त्रणको लागि सरकारले तत्काल कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

न्युज पोलरसँगको संक्षिप्त कुराकानीमा रास्वपा जिल्ला सभापति शर्माले प्राकृतिक विपत्तिको यस कठिन अवस्थामा पनि सरकार अत्यन्त गैर जिम्मेवार र अनुत्तरदायी रुपमा प्रस्तुत भएको कारण रास्वपा रुपन्देहीले एक दबाब स्वरूप नागरिकका पक्षमा सक्रियता लिन सरकारलाई झकझकाएको र यस किसिमका दबाबमूलक अभियानहरूलाई थप अगाडी बढाइने जानकारी दिनु भयो।