२१ मंसिर २०८२, आईतवार
,
Latest
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर
तपाईं के खोज्दै हुनुहुन्छ ?

महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण



अ+ अ-

भैरहवा : प्राकृतिक विपद् व्यवस्थापनमा तीव्रता दिइनु पर्ने, चाडपर्वकै मुखमा मौलाएको महँगी र कालोबजारी नियन्त्रण हुनु पर्ने लगायतका आम नागरिकका चासोका मुद्दाहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका जिल्ला सभापति एवं लुम्बिनी प्रदेश कार्य सम्पादन समितिका सदस्य डा. बुद्धिप्रसाद शर्माको नेतृत्वमा रास्वपा रुपन्देहीका पार्टी सदस्यहरूको समूहले बुधवार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटी ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै प्रभावकारी कदम चाल्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

नेपालीहरूको महत्त्वपूर्ण चाड पर्वहरू दसैँ, तिहार, नेपाल संवत् र छठ पर्व नजिकिँदा आवतजावत बढ्ने गर्छ। यसलाई मध्यनजर गर्दै आइ पर्न सक्ने थप विपद् पूर्व तयारीको लागि घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिई यथाशीघ्र उचित उपचारको व्यवस्था गर्न तथा तत्काल गास र बासको व्यवस्था मिलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको छ।

चाडबाडको बेलामा चोरी डकैती तथा आपराधिक घटना धेरै बढ्ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाड पर्व लक्षित घटना नियन्त्रण गर्न पूर्व तयारी अवस्थामा रहन रास्वपा रुपन्देहीले सरकारलाई आग्रह गरेको छ।

चाड पर्वहरूको अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा कृत्रिम अभाव सृजना गरिएको र कालो बजारले प्रशय पाएको गुनासो आम नागरिकबाट सर्वत्र आएकोले यसको नियन्त्रणको लागि सरकारले तत्काल कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

न्युज पोलरसँगको संक्षिप्त कुराकानीमा रास्वपा जिल्ला सभापति शर्माले प्राकृतिक विपत्तिको यस कठिन अवस्थामा पनि सरकार अत्यन्त गैर जिम्मेवार र अनुत्तरदायी रुपमा प्रस्तुत भएको कारण रास्वपा रुपन्देहीले एक दबाब स्वरूप नागरिकका पक्षमा सक्रियता लिन सरकारलाई झकझकाएको र यस किसिमका दबाबमूलक अभियानहरूलाई थप अगाडी बढाइने जानकारी दिनु भयो।