९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘वैट्टैयन’ को ट्रेलर सार्वजनिक भएको छ ।

विशेष कुरा के छ भने यस फिल्ममा रजनीसँगै अमिताभ बच्चन पनि देखिनेछन् ।

यो अमिताभको पहिलो तमिल फिल्म हो । यसबाट उनी ३३ वर्षपछि रजनीकान्तसँग काम गर्दै देखिनेछन् । दुवैले पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको फिल्म ‘हम’ मा सँगै काम गरेका थिए ।

२ मिनेट ३९ सेकेन्डको यो ट्रेलरमा निकै सस्पेन्स, थ्रिलर र एक्सन रहेको छ । कथा एक अधिकारीको हो जो अपराधीलाई सजाय दिन चाहन्छ । ट्रेलरमा सुपरस्टार रजनी आफ्नो पुरानो एक्शन स्टाइलमा गुण्डालाई पिट्दै देखिएका छन् ।

उनका अलावा अमिताभ बच्चन, फहद फासिल र राणा दग्गुबती पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । यसमा मञ्जु वारियर, ऋतिका सिंह, दुशारा विजयन र किशोर जस्ता कलाकारहरु पनि देखिएका छन् ।

फिल्म अमिताभ बच्चनको ८२ औँ जन्मदिनको एक दिन अगाडि अक्टोबर १० मा विश्वभरका थिएटरमा रिलिज हुनेछ । यो तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा रिलिज हुनेछ । फिल्मलाई टीजे गनानावेलले निर्देशन गरेका हुन् ।