२४ भाद्र २०८३, बुधबार
,
Latest
आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने



अ+ अ-

काठमाडाैँ । श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ ।

मङ्गलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था लागू गरिने भएको छ ।

आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीले सार्वजनिक गरेको जानकारी अनुसार सबै सरकारी विद्यालय, विश्वविद्यालय तथा अदालतहरू पनि बुधबार बन्द रहनेछन् । तर स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।

सरकारी निकायका प्रमुखहरूले कामको आवश्यकताका आधारमा बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि बताइएको छ । यससँगै इन्धन सङ्कटलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना नभएसम्म सबै सरकारी कार्यक्रमहरू स्थगित गरेको छ । साथै निजी क्षेत्रका संस्थाहरूलाई पनि सम्भव भएसम्म यस्तै व्यवस्था अपनाउन सरकारको अनुरोध रहेको छ ।