४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

पिपीएल क्रिकेट : चितवनको चौथो जीत

पिपीएल क्रिकेट : चितवनको चौथो जीत
अ+ अ-

कास्की । पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो ।

हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।

टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको मध्यमस्तरको स्कोर खडा गरेको थियो । विजयीका लागि १४७ रनको लक्ष्य पछ्याउने क्रममा १९ ओभरमा सबै विकेट गुमाएर विराटनगरले १२८ रनमात्र जोड्यो ।

आठौँ क्रममा विराटनगरको इनिङ्स सम्हाल्न आउनुभएका लोकेस बमले ३६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रनको अर्धशतक प्रहार गर्नुभए पनि टोलीलाई जिताउन पर्याप्त रहन सकेन । पुनित मेहराले २६ बलमा २४ तथा नोमान खानले १६ बलमा १८ रन जोड्नुबाहेक विराटनगरका अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन् ।

चितवनका करण केसी र भुवन कार्कीले समान तीन÷तीन, रोहन मुस्ताफाले दुई र सन्नी पटेलले एक विकेट लिनुभएको थियो । चितवनका आरिफ शेख अविजित रहँदै २३ बलमा ३९ तथा शुरुआती व्याट्सम्यान एवं टोलीका कप्तान पारस खड्काले ३८ बलमा ३५ रन जोड्नुभयो । सन्नी पटेल नटआउट आठ बलमा २७ तथा बाबर हायातले ३१ बलमा २५ रन जोड्नुभएको थियो ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहमद जैद आलमले समान एक÷एक विकेट लिनुभएको थियो । चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ भने काठमाडौँ गोल्डेन वारियर्स बुटवल ब्लास्टर्सको समान चार अङ्क छ ।

विराटनगर, पोखरा पल्टन र एक्सपर्ट धनगढीको समान दुई÷दुई अङ्क छ । आजको दोस्रो खेलमा बुटवल र धनगढीले स्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुने कार्यक्रम छ ।