३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको निराशाजनक बराबरी



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा
रियल एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा थुप्रै गोलको अवसर पाएका थिए तर अवसर खेर फाल्दा रियलले अंक बाड्नु परेको हो । रियलका करिम बेन्जिमा एक्लैले गोल गर्ने सात अवसर खेर फालेका थिए ।

यस्तै बिल्बाओका केनान कोड्रोको गोल अफसाइड भएको थियो । बिल्बाओको यो लगातार तेस्रो खेलमा बराबरी हो । सन् २००६ को मार्चपछि पहिलो पटक रियलले तीन खेलमा बराबरी खेल्नु परेको हो । यस अघि रियल भ्यालेन्सियासँग १–१ र बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यो बराबरीसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ । बार्सिलोनाको ३९ अंक रहेको छ । २८ अंक जोडेको बिल्बाओ सातौं स्थानमा रहेको छ ।