५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको निराशाजनक बराबरी



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा
रियल एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा थुप्रै गोलको अवसर पाएका थिए तर अवसर खेर फाल्दा रियलले अंक बाड्नु परेको हो । रियलका करिम बेन्जिमा एक्लैले गोल गर्ने सात अवसर खेर फालेका थिए ।

यस्तै बिल्बाओका केनान कोड्रोको गोल अफसाइड भएको थियो । बिल्बाओको यो लगातार तेस्रो खेलमा बराबरी हो । सन् २००६ को मार्चपछि पहिलो पटक रियलले तीन खेलमा बराबरी खेल्नु परेको हो । यस अघि रियल भ्यालेन्सियासँग १–१ र बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यो बराबरीसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ । बार्सिलोनाको ३९ अंक रहेको छ । २८ अंक जोडेको बिल्बाओ सातौं स्थानमा रहेको छ ।