४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

विलियनको नायकीमा चेल्सीको जित

विलियनको नायकीमा चेल्सीको जित
अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली टोटेनहमलाई २–० गोल अन्तरले चेल्सीले हराएको हो । १० खेलाडीमा सिमित घरेलु टोलीमाथि चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको १२ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४५ औं मिनेटमा विलियमले पेनाल्टीमा गोल गोल गर्दै चेल्सीलाई २० को जित दिलाए ।

खेलको ६२ औं मिनेटमा सन ह्युङ मिनले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । चेल्सीले हासिल गरेको जित एन्टोनियो रोडजरमाथि गरिएको रंगभेदी व्यवहारको कारण छायाँमा पर्यो । टोटेनहमका फरवार्ड सनले मैदान छाड्ने घटनामा रोडजर जोडिएका थिए । रेफ्रीले भिएआरमार्फत सनलाई रातो कार्ड देखाएका थिए ।

खेल भावना विपरित आचरण गरेको आरोपमा रेफ्रीले उनलाई मैदान बाहिर पठाएका थिए । सोही समय लगत्तै २६ वर्षीय फरवार्डमाथि टोटेनहमका प्रशंसकले रंगभेदी दुव्र्यवहार गरेका थिए ।लण्डन क्लब चेल्सीको नेतृत्व गरिरहेका फ्रान्क लाम्पार्डले पुर्व प्रशिक्षक जोसे माउरिन्होमाथि जित हासिल गर्न सफल भएका छन् ।

लाम्पार्डले लामो समय माउरिन्होको नेतृत्वमा रहेर चेल्सीबाट खेलेका थिए । जितसँगै चेल्सीले १८ खेलमा ३२ अंक जोडेको छ । चेल्सी तालिकाको चौंथो स्थानमा रहेको छ ।पराजित टोटेनहम २६ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।