४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पीपीएल: चितवन राइनोज बलियो स्थितिमा

पीपीएल: चितवन राइनोज बलियो स्थितिमा
अ+ अ-

काठमाडौँ । कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ । चितवनले अब्बल खेल प्रदर्शन गर्दै आठ अङ्कसहित शीर्ष स्थान कायम गरेको छ । प्रतियोगितामा सहभागी छवटै टोलीले अब एक एक खेल खेल्न बाँकी छ । यस्तै बुटवल ब्लास्टर्स चार खेलमा तीनमा जीत निकाल्दै छ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

काठमाडौँ गोल्डेन्स वारियर्स दुई खेलमा जीत तथा दुई खेलमा हार ब्यहोर्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । यस्तै विराटनगर टाइटन, पोखरा पल्टन र धनगढी एक्सपर्ट क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थान कायम गरेकाछन् । तीनै टोलीले एक खेलमा जित तथा तीन खेलमा हार ब्यहोरेका छन् । शीर्ष स्थानमा रहेको चितवनले मङ्गलबार लिग चरणको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससित खेल्नेछ । उक्त खेलमा हार जीत जे भए पनि चितवन फाइनल पुग्नेछ । दोस्रो स्थानमा रहेको बुटवलले बुधबार विराटनगर टाइटन्ससँग खेल्ने छ ।

बुटवलले उक्त खेल जिते फाइनल यात्रा सुरक्षित रहनेछ । पराजित भएमा अरु टोलीको नतिजामा भर पर्नुपर्नेछ । काठमाडौँले अन्तिम खेलमा चितवनलाई हराउनैपर्ने स्थिति छ । काठमाडौँले जित हासिल गरे विराटनगर र पोखराको यात्रा समाप्त हुनेछ । चौथो स्थानमा रहेको विराटनगरले अन्तिम खेलमा बुटवललाई हराए पनि प्ले अफको यात्रा सहज देखिँदैन । पाँचौं स्थानमा रहेको पोखरा पल्टनले आज अन्तिम स्थानमा रहेको धनगढीसँग खेल्दैछ ।

धनगढी प्रतियोगिताबाट बाहिरिएको छ भने पोखराको पनि प्ले अफमा पुग्ने सम्भावना न्यून छ । मङ्गलबार चितवन र काठमाडौँबीच तथा बुधबार बुटवल र विराटनगरबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार तय गरिएको छ । दश दिनअघि शुरु भएको पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार हात पार्नेछन् । उपविजेताले रु १० लाख प्राप्त गर्नेछन्। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ ।

प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।