१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

चिसोबाट जोगिन बेँसी झर्दै…

चिसोबाट जोगिन बेँसी झर्दै…
अ अ+ अ-

मार्तडी । जिल्लामा वर्षासँगै हिमपात भए पनि यहाँका जनजाति समुदायका मानिस बेँसीतिर झर्न थालेका छन् । गर्मीयाम शुरु भएसँगै लेकाली भेगमा जाने स्थानीयवासी चिसो शुरु भएपछि अधिकांश भेडापालन व्यवसाय गर्दै आएका उनीहरु अछाम लगायतका जिल्लामा झर्ने गरेका छन् ।

बर्सेनि उनीहरुले भेडापाठालाई लेक र बेँसीमा लाने गरेका छन् । गर्मी छल्नका लागि लेकाली भेगमा गएका स्थानीयवासी चिसो बढ्न थालेकाले उनीहरु यतिखेर भने बेँसीमा धमाधम जान थालेको बूढीनन्दा नगरपालिकाका स्थानीयवासी लोकेश गुरुङ ‘भोटे’ले बताउनु भएको छ ।

उहाँले भन्नुभयो, “चिसोको समयमा लेकाली भेगमा बस्दा भेडापाठालाई चरीचरनमा समस्या हुने गर्छ, गर्मी मौसममा बेसीमा चरिचरनका लागि समस्या हुने गरेकाले बर्सेनि लेकमा र बेँसीमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।”

लेकाली भेगका मानिसहरु साथमा विद्यालयमा जाने उमेरका बालबालिकालाई पनि साथमा लिएर जाने गरेका छन् । आफूलाई खान–बस्नका लागि भेडापाठाको पिठ्यूँमा नुन, तेल, चामललगायत खाद्यान्न सामग्री लिएर जाने गरेको वीरबहादुर गुरुङले बताउनु भएको छ । बेँसीमा बस्दा भेडापाठाहरुलाई चरिचरन गर्नका लागि प्रतिभेडाको एक सयभन्दा बढी शुल्क तिर्नुपर्ने हुँदा गर्मी मौसममा लेकतिर र चिसो मौसममा बेँसीतिर जाने गरेको गुरुङले बताउनुभयो ।

लेकाली भेगमा भने उनीहरु जडीबुटी ओसारपसार गर्ने गर्दछन् । गर्मीको मौसममा बाजुराबाट चीनको सिमाना र हुम्लाको हिल्सा तथा यारीमा पुग्ने गरेका गुरुङको भनाइ थियो ।

उनीहरुलाई चीन जान भने अनुमति छैन । भेडापाठासहित आठ घरपरिवार लेकाली भेगबाट बेँसीमा झरेको लोकेश गुरुङले बताउनुभयो । भेडापाठा र घरपरिवारसँगै दुई महिनापछि मात्र लेकबाट बँेसीमा पुग्ने गरेको गुरुङको भनाइ छ । हिमाली निमावि कक्षा ७ मा पढ्दै गरेकी शान्ति गुरुङ पनि भेडापाठा लिएर बँेसी गएकी छन् । विद्यालयमा पढाइ सञ्चालन भए पनि चिसोबाट जोगिन बेँसी गएको उनको भनाइ थियो ।

उनी भन्छिन्, “समाजको संस्कारअनुसार चल्नुपर्ने भएकाले पढाइ छोडेर पनि लेक र बेँसी जानुपर्ने बाध्यता छ।” यस्तै पाण्डुसैनका भीमबहादुर गुरुङको छोरा कमल गरुङ विद्यालयमा पढाइ छोडेर बेँसीमा भेडापाठासँग गएका छन् । बेँसी जान महिलाहरुले एकाबिहानै पिठ्यूँमा स–साना बच्चाहरु बोक्छन् भने ठूला र पुरुषले आफूलाई चाहिने सामग्री बोकेर लैजाने गरेका भीमबहादुर गुरुङले बताउनुभयो । उक्त समुदायका मानिसले बालबालिकासहित भेडापाठा लेक र बेँसी गर्दै दिनचर्या बिताउनु परेको नेपाल भोटे जनजाति महासङ्घ बाजुराका अध्यक्ष गम्भीरसिंह गुरुङले बताउनु भयो ।

जनजातिको मुख्य पेशा नै भेडापालन रहेकाले कतिपयका बालबालिका शिक्षाबाट वञ्चित हुने गरेको अध्यक्ष गुरुङको दाबी रहेको छ । जिल्लाको हिमाली गाउँपालिका, बूढीनन्दा नगरपालिका र बडीमालिका नगरपालिकामा गरी पाँच सयभन्दा बढी परिवार बसोबास गर्दै आइरहेका छन् ।

पछिल्लो समयमा कतिपय जनजाति समुदायका मानिसहरुले भेडापालन व्यवसाय छोडेर मार्तडी र कोल्टी बजारमा व्यापार–व्यवसाय गर्दै आइरहेको जनजाति महासङ्घ बाजुराले जनाएको छ । भेडापालन व्यवसायबाट आम्दानी नहुने भएपछि पेशा नै परिवर्तन गर्नु परेको सदरमुकाम मार्तडीमा बस्दै आउनुभएका ओमकार बोगटी ‘भोटे’ले बताउनुभयो ।