१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धौलीघाट खानेपानी ठेक्का प्रक्रियामा



अ+ अ-

जुम्ला । जुम्लाको सबैभन्दा ठूलो गौरवको आयोजना धौलीघाट खानेपानी ठेक्कामा जाने तयारी भएको छ । सङ्घीय सरकारको सहयोगमा उक्त आयोजनाका लागि रकम जुटेपछि निर्माण कार्यका लागि अगाडि बढाइएको सङ्घीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालयले जनाएको छ । आयोजना प्रमुख महेश न्यौपानेका अनुसार सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको हुँदा अब ठेक्कामा जाने तयारी थालिएको हो ।

जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र तातोपानी गाउँपालिकाका आठ हजार ५०० घरधुरीलाई लक्षित गरी सर्भे गरिएको उक्त आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) समेत तयार भएको कार्यालय प्रमुख न्यौपानले जानकारी दिनुभयो । निर्माण भएको डिपिआरअनुसार आयोजनाको लागत रु दुई अर्ब २५ करोड ९५ लाख ५४ हजार ५०० रहेको छ । आयोजनाका लागि भने नौ प्रतिशत जनश्रमदान र एक प्रतिशत स्थानीय तहबाट नगदको आवश्यकता रहेको उहाँले जानकारी दिनुभयो । सो एक प्रतिशत रकम जम्मा गर्न तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाले लिखित सहमति दिइसकेका छन् भने चन्दननाथ नगरपालिकामा प्रक्रिया अगाडि बढिरहेको कार्यालयले जानकारी दिएको हो ।

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भइरहेको समयमा यो परियोजना नितान्त आवश्यक भएको हुँदा सफल गर्नुपर्ने जुम्लावासीले बताएका छन् । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जसरी पनि यो काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले धौलीघाट परियोजना जुम्लावासीको विकासको अर्को मुहार फेर्ने आयोजना भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले प्रदेशकै गौरवको आयोजना भएकाले यो आयोजना सम्पन्न गर्नका लागि सबैको सहयोग र सहकार्य हुनुपर्ने सुझाव दिनुभयो । उहाँले बृहत् छलफल गरी स्थानीय र सरकारको जोडमा यसलाई सम्पन्न गर्न आवश्यक रहेको बताउनुभयो ।

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रु ७५ करोडको अत्याधुनिक भवनको आयोजनापछि सबैभन्दा ठूलो आयोजना धौलीघाट आयोजना हो । विसं २०६४ सालमा जुम्लामा संविधानसभा सदस्य नरेश भण्डारीको पहलमा शुरुआत भएको आयोजना रकम अभावमा अन्योलमा थियो । यस वर्ष भने नेपाल सरकारले प्रथामिकतामा राखी बजेट राखेपछि अगाडि बढ्ने निश्चित भएको हो ।

प्रतिसेकेण्ड ५० लिटर पानी झर्ने क्षमताको उक्त आयोजना निर्माण गर्न भने भौगोलिक चुनौती रहेको छ । सडक नभएका कारण सडक खन्नुपर्छ तर आयोजनालाई खन्ने अधिकार नदिइएकाले कठिन भएको न्यौपानेले बताउनुभयो । जुम्ला सदरमुकाम देखि छ किलोमिटर टाढा उचाइमा रहेको मुहानपानीले जुम्ला सदरमुकाम, गुठिचौर गाउँपालिका र तातोपानीका ५८ हजार जनसङ्ख्या लाभान्वित हुने कार्यालयले जनाएको छ ।