१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी

तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी
अ अ+ अ-

गलकोट । जिल्लाको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । तेह्र वर्ष साउदी अरब र तीन वर्ष दक्षिण कोरिया बिताएर नेपाल फर्कनुभएका मगरले गाउँमै तरकारी उत्पादन गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न थाल्नुभएको हो ।

वैदेशिक रोजगारबाट सन्तुष्ट नभएका मगर आफ्नै घरमा दैनिक तरकारीखेतीमा काम गर्दा निकै सन्तुष्ट भएको बताउनुहुन्छ । उहाँको घर नजिकै आफ्नै बारीमा तीन हाइटेक प्रविधि तथा चार वटा बाँस प्रयोग गरेर बनाइएका टनेल छन् । टनेलमा अहिले गोलभेँडा, ब्रोकाउली, काउली, रायो साग, सिमी र मुला छन् । वैदेशिक रोजगारमा जाँदा अनेक ठक्कर खाए पनि गाउँमै आएर तरकारी उत्पादन गर्दा आम्दानी र सन्तुष्टि दुवै मिलेको उहाँको भनाइ छ । घर्तीका अनुसार, गलकोट क्षेत्रका अधिकांश युवा पलायन भएको सन्र्दभमा उहाँले गाउँ फर्केर तरकारी खेती गर्न थाल्नुभएको हो ।

“विदेशमा १५ वर्ष बिताएँ, तरकारीखेती गर्न थालेको आठ वर्ष बितिसक्यो,” घर्तीले भन्नुभयो, “आफ्नै गाउँ ठाउँमा विदेशमा कमाउने गरेको भन्दा राम्रो कमाइ गर्न थालेको छु ।” उहाँले लाफा अर्गानिक ताजा तरकारी फर्ममार्फत अहिले वार्षिकरूपमा रु छ देखि सात लाख आम्दानी गर्दै आएको बताउनुभयो । उहाँका अनुसार टनेल, थोपा सिँचाइलगायतका संरचनाका लागि हालसम्म रु १०÷१२ लाख लगानी भइसकेको छ । थापा परिवार पाल्न र सामान्य खर्चका लागि कसैको हात थाप्न नपरेको बताउनुहुन्छ । विदेशमा गरेको कमाइभन्दा स्वदेशमै आफ्नो परिवारको साथमा बसेर गरेको कमाइ धेरै भएको थापाको भनाइ छ ।

तरकारी व्यवसायलाई उहाँकी श्रीमती खिमकुमारी र बाबा वीरबहादुर घर्ती मगरले समेत सघाउँदै आउनुभएको छ । सिँचाइको पर्याप्त सुविधा तथा उर्वर भूमिमा हाइटेक टनेल भएपछि बाह्रै महिना बेमौसमी तरकारी उत्पादन हुने कृषक मगरको भनाइ छ । उहाँले यही याममा मात्रै रु एक लाख बराबरको गोलभेँडा र काउली बिक्री गरिसकेको बताउनुभयो ।

झण्डै रु एक लाख बराबरको तरकारी बजार पठाउने तयारीमा रहेको उहाँको भनाइ छ । मगरका अनुसार, आफ्नै जग्गा र आफैँ श्रम गर्ने भएकाले शुरुको लगानी, प्राविधिक खर्च र मलबाहेक अन्य सबै आम्दानी बचत हुन्छ । मगरले बचतको रकमले लगानी विस्तार गर्दैसमेत जानुभएको छ । उहाँले सात टनेललाई वृद्धि गरेर १५ वटा पु¥याउने लक्ष्य राख्नुभएको छ । उहाँलाई कृषि ज्ञान केन्द्र पर्वतले गत वर्ष दुई वटा हाइटेक टनेल अनुदानमा उपलब्ध गराएको थियो । उत्पादन भएको जैविक तरकारी नजिकैको हटिया बजारमा खपत हुँदै आएको छ ।