१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी



अ+ अ-

गलकोट । जिल्लाको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । तेह्र वर्ष साउदी अरब र तीन वर्ष दक्षिण कोरिया बिताएर नेपाल फर्कनुभएका मगरले गाउँमै तरकारी उत्पादन गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न थाल्नुभएको हो ।

वैदेशिक रोजगारबाट सन्तुष्ट नभएका मगर आफ्नै घरमा दैनिक तरकारीखेतीमा काम गर्दा निकै सन्तुष्ट भएको बताउनुहुन्छ । उहाँको घर नजिकै आफ्नै बारीमा तीन हाइटेक प्रविधि तथा चार वटा बाँस प्रयोग गरेर बनाइएका टनेल छन् । टनेलमा अहिले गोलभेँडा, ब्रोकाउली, काउली, रायो साग, सिमी र मुला छन् । वैदेशिक रोजगारमा जाँदा अनेक ठक्कर खाए पनि गाउँमै आएर तरकारी उत्पादन गर्दा आम्दानी र सन्तुष्टि दुवै मिलेको उहाँको भनाइ छ । घर्तीका अनुसार, गलकोट क्षेत्रका अधिकांश युवा पलायन भएको सन्र्दभमा उहाँले गाउँ फर्केर तरकारी खेती गर्न थाल्नुभएको हो ।

“विदेशमा १५ वर्ष बिताएँ, तरकारीखेती गर्न थालेको आठ वर्ष बितिसक्यो,” घर्तीले भन्नुभयो, “आफ्नै गाउँ ठाउँमा विदेशमा कमाउने गरेको भन्दा राम्रो कमाइ गर्न थालेको छु ।” उहाँले लाफा अर्गानिक ताजा तरकारी फर्ममार्फत अहिले वार्षिकरूपमा रु छ देखि सात लाख आम्दानी गर्दै आएको बताउनुभयो । उहाँका अनुसार टनेल, थोपा सिँचाइलगायतका संरचनाका लागि हालसम्म रु १०÷१२ लाख लगानी भइसकेको छ । थापा परिवार पाल्न र सामान्य खर्चका लागि कसैको हात थाप्न नपरेको बताउनुहुन्छ । विदेशमा गरेको कमाइभन्दा स्वदेशमै आफ्नो परिवारको साथमा बसेर गरेको कमाइ धेरै भएको थापाको भनाइ छ ।

तरकारी व्यवसायलाई उहाँकी श्रीमती खिमकुमारी र बाबा वीरबहादुर घर्ती मगरले समेत सघाउँदै आउनुभएको छ । सिँचाइको पर्याप्त सुविधा तथा उर्वर भूमिमा हाइटेक टनेल भएपछि बाह्रै महिना बेमौसमी तरकारी उत्पादन हुने कृषक मगरको भनाइ छ । उहाँले यही याममा मात्रै रु एक लाख बराबरको गोलभेँडा र काउली बिक्री गरिसकेको बताउनुभयो ।

झण्डै रु एक लाख बराबरको तरकारी बजार पठाउने तयारीमा रहेको उहाँको भनाइ छ । मगरका अनुसार, आफ्नै जग्गा र आफैँ श्रम गर्ने भएकाले शुरुको लगानी, प्राविधिक खर्च र मलबाहेक अन्य सबै आम्दानी बचत हुन्छ । मगरले बचतको रकमले लगानी विस्तार गर्दैसमेत जानुभएको छ । उहाँले सात टनेललाई वृद्धि गरेर १५ वटा पु¥याउने लक्ष्य राख्नुभएको छ । उहाँलाई कृषि ज्ञान केन्द्र पर्वतले गत वर्ष दुई वटा हाइटेक टनेल अनुदानमा उपलब्ध गराएको थियो । उत्पादन भएको जैविक तरकारी नजिकैको हटिया बजारमा खपत हुँदै आएको छ ।