१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

समृद्धिको पहिलो आधार पर्यटन

समृद्धिको पहिलो आधार पर्यटन
अ अ+ अ-

ओखलढुङ्गा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताउनु भएको छ । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान विश्वका लागि नमूना भएकाले पर्यटक ल्याएर विकासको लक्ष्यमा छिटो पुग्न सकिने बताउनु भएको हो ।

समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले पर्यटकीय क्षेत्रको विकासमा सरकार लागिपरेको उहाँको भनाइ थियो । “अहिलेको सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा छ । त्यो अभियानमा छिटो पुग्ने माध्यम भनेको पर्यटन हो । भ्रमण वर्ष २०२० ले केही सफलताका सङ्केतहरु देखाउनेछ”, उहाँले भन्नुभयो, “सरकारले सय गन्तव्य घोषणा गरेर केही पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जुटेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार सबैले पर्यटकीय क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखौँ ।”

जिल्लाका सांसदसहितका जनप्रतिनिधि र पर्यटन व्यवसायीसँग केहीबेर अनौपचारिक अन्तरक्रियासमेत गर्नुभएका मन्त्री भट्टराईले ओखलढुङ्गा जिल्ला पर्यटकीय हिसाबले निकै सम्भावना भएको भन्दै पर्यटन प्रवद्र्धनका योजना अघि सार्न सुझाव दिनुभएको छ । “यो विमानस्थललाई नियमित गरौँ । योजनाअघि सार्नुस् सरकारले पर्यटन विकास र प्रवद्र्धन गर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ओखलढुङ्गा जिल्लाका पर्यटकीय क्षेत्रलाई गन्तव्य सूचीमा राखिएको छ । विश्व समुदायलाई ल्याऔँ, हाम्रा गाउँ ठाउँका मनोरम दृश्यहरु देखाऔँँ ।”

मन्त्री भट्टराईले ओखलढुङ्गाको रुम्जाटार र चण्डेश्वरी दुवै विमानस्थलमा नियमित उडान गर्न पहल गरिने बताउनुभयो । कार्यक्रममा सांसद यज्ञराज सुनुवारले चण्डेश्वरी विमानस्थल सञ्चालनमा आएपछि ओखलढुङ्गाका सबै गाउँ सुगम भएको बताउनुभयो । जिल्ला सदरमुकामबाट टाढा र विकासमा पछि परेको भन्दै खिजीदेम्बा क्षेत्रलाई दुर्गम मानिने गरेको भए पनि अब जिल्लाका सबै गाउँ सुगम बनेको उहाँको भनाइ थियो । “यो क्षेत्रलाई दुर्गम भनिन्थ्यो । त्यो अब इतिहास भयो । वर्तमानमा सुगम भइसक्यो । भविष्यमा हामी विकसित गाउँ बनाउने अभियानमा छौँ ।” जिल्लाको पर्यटन प्रवद्र्धनमा अहिलेका सबै जनप्रतिनिधि र पर्यटन व्यवसायीहरु जुटेको बताउँदै सांसद सुनुवारले ओखलढुङ्गा जिल्लाका पर्यटकीय क्षेत्रहरु पर्यटकको प्रमुख गन्तव्यका रुपमा विकास गरिने बताउनुभयो ।

पूर्वसांसद रामहरि खतिवडाले आफ्नो पार्टीका ठेकेदार भएकै कारण आलोचना बढेपछि आफैँले पहल गरेर विमानस्थल निर्माणको काम सक्न दबाब दिएको बताउनुभयो । उहाँले चण्डेश्वरी विमानस्थलमा नियमित उडान गर्न सुझावसमेत दिनुभयो । सरकारका मन्त्री र सांसदहरु चर्चा कमाउने काममा मात्रै लागिपरेको भन्दै खतिवडाले जनताले महसुस गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

चण्डेश्वरी विमानस्थलमा सोमबार तारा एयरको विमानमार्फत परीक्षण उडान गरिएको छ । काम शुरु भएको १३ वर्षपछि बल्ल विमानस्थलको रनवेमा ग्राभेलको काम सकेर परीक्षण उडान गरिएको हो ।

आव २०६३÷६४ मा विमानस्थल निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो । आव २०६९÷७० बाट विमानस्थलको जग्गा सम्याउने काम शुरु भएको थियो । विमानस्थलमा ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन र अस्थायी टावरघरको निर्माण सम्पन्न भएपछि उडान गरिएको आयोजना प्रमुख एवम् नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर विनायक भट्टराईले बताउनुभयो ।

विमानस्थलमा ग्राभेल लगायतको काम एक वर्षमा सम्पन्न गर्नेगरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पूर्णिमा जेभीले ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ । केही दिनअघिमात्र ठेकेदार कम्पनीले विमानस्थलको ग्राभेल लगायतको काम सकेको हो । ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणबाट भ्याटसहित रु दुई करोड पाँच लाख ३३ हजार ७४० मा ठेक्का लागेको थियो । ५८० मिटर लम्बाइ र चौडाइ विमानस्थलको रनवे ग्राभेल गरिएको छ ।

कूल ६५० मिटर लम्बाइ भएको विमानस्थलमा दुईवटा ट्विनअटर विमान पार्किङ गर्न सकिनेछ । रनवेको काम सकिए पनि विमानस्थलमा यात्रु प्रतीक्षालय, सुरक्षा पोष्ट लगायतका अन्य संरचनाहरु अझै बन्न बाँकी छन् । पहिरो रोक्न वाल, रनवेको थप स्तरोन्नतिको काम पनि बाँकी छ ।

गाउँमा विमान पुगेपछि स्थानीयवासी खुशी भएका छन् । पर्यटनको प्रचुर सम्भावना भएको ठाउँमा विमान आइपुग्नु आफैँमा हर्षको विषय भएको सगरमाथा आरोही पेम्बा शेर्पाले बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरसाथमा हेर्न आउने विदेशी नागरिकलाई समेत चण्डेश्वरी विमानस्थलबाट लैजाँदा सहज र सस्तो हुने उहाँको भनाइ थियो ।

विमानस्थलमार्फत नियमित उडान हुन सके जिल्लाको पश्चिमी भूभागका स्थानीयवासीलाई सहज हुने खिजिदेम्बा गाउँपालिका–४ का वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । सहज यातायातको सुविधा नहुँदा यस क्षेत्रका नागरिक आपत्कालीन आवस्थामा लाखौँ खर्च गरेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । ढिलै भए पनि आफ्नो क्षेत्रमा विमानस्थल बन्दा यहाँका स्थानीयवासी हर्षित भएका छन् ।