१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

‘निगालीको सुन्तला’ कैलालीको पहिचान

‘निगालीको सुन्तला’ कैलालीको पहिचान
अ अ+ अ-

कैलाली । खानमा रसिलो र स्वादिलो हुने भएपछि कैलाली जिल्लाको पहिचानका रुपमा रहेको ‘निगालीको सुन्तला’को बजार माग पनि बढ्दै गएको छ । यसको माग बढेसँगै फलफूल बजारमा निगालीको सुन्तलाको व्यापार गर्न यतिबेला व्यापारीहरु बीच तीव्र प्रतिस्पर्धा हुन थालेको छ ।

व्यापारीहरु यति बेला सुन्तला थोक मूल्यमा खरिद गर्नका लागि निगालीका बगैँचामा नै पुगेर मोलमोलाइ गर्ने गरेको स्थानीय कृषकले बताएका छन् । “व्यापारीले पूरै बारीको ठेक्का बोलेर सुन्तला खरिद गर्ने गरेका छन्”, स्थानीय किसान प्रेम आचार्यले भन्नुभयो, “प्रतिकिलो बारीमा रु ७० देखि ८० सम्ममा खरिद–बिक्री भइरहेको छ ।”

जिल्लाको चुरे पहाडी क्षेत्रको निगाली क्षेत्रमा उत्पादन हुने भएकाले यो सुन्तला उपभोक्ता र व्यापारीमाझ निगालीको सुन्तलाको नामले चिनिन्छ ।

तराई र उच्च पहाडको बीच भागमा पर्ने निगालीको पारिलो घाम र हावापानीमा उत्पादन हुने भएकाले यो सुन्तला अन्यत्र ठाउँको भन्दा स्वादिलो हुने गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

“स्वादिलो भएकै कारण निगालीको सुन्तला कैलालीको पहिचानका रुपमा रहेको छ”, प्रवक्ता शर्माले भन्नुभयो, “निगाली क्षेत्रमा गरिने यसको खेतीले भूक्षयको रोकथाममा समेत टेवा पुग्ने गरेको छ ।” अदुवा खेतीका लागिसमेत उर्वर भूमि रहेको निगाली र आसपासको क्षेत्रमा सुन्तलाको बगैँचामुनि अदुवाको खेती गरेरसमेत किसानले आम्दानी गरिरहेका छन् ।

यो सुन्तलाको माग धेरै जिल्लाबाट आउने गरेको भए पनि उत्पादन बढ्न नसक्दा सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा मात्र पुर्याउन सकिएको निगालीका अर्का किसान टेकबहादुर बमले बताउनुभयो । “माग धेरै हुने भए पनि उत्पादन त्यति हुन सकेको छैन”, बमले भन्नुभयो, “स्थानीय बजारको मागमात्र धान्न सकेका छौँ ।”

यो सुन्तलाको बजार माग बढ्दा अन्य ठाउँमा उत्पादन भएको सुन्तलालाई पनि निगालीको सुन्तला भन्दै व्यापारीले बिक्री गर्ने नयाँ शैली पनि अपनाउन थालेको पाइएको छ । सुन्तला हुने अधिकांश गाउँ सुन्तलाको बगैँचाले ढाकिसकेको छ, एक हजार सुन्तलाको बोट रोपेर खेती गरिरहनुभएका बमले भन्नुभयो, “बढ्दो मागसँगै बाँकी रहेको जग्गामा समेत यसको खेती विस्तार गर्ने तयारी किसानले गरेका छन् ।”

खानामा स्वादिलो र रसिलो हुने भएको भन्दै यसका पारखीहरु बजारमा निगालीको सुन्तला खोज्दै हिँडिरहेको देखिन्छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत रहेको निगाली क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला उत्पादक कृषक र समूहलाई विगतमा अनुदान र अन्य प्राविधिक सहयोग उपलब्ध गराइएको थियो ।

यस वर्ष फूल लाग्ने समयमा असिना परेकाले गत वर्षभन्दा कम सुन्तला उत्पादन भएको किसानले बताएका छन् । गत वर्ष निगाली क्षेत्रमा १०० टनभन्दा बढी सुन्तला उत्पादन भएको थियो । कुनै विषादीको प्रयोग नगरी गोबर मलमात्र प्रयोग गरेर उत्पादन हुने (आर्गेनिक सुन्तला) भएकाले पनि यो सुन्तलाको माग बढ्दै गएको किसानले बताएका छन् ।

बोट सुक्ने समस्याः सुन्तला खेती विस्तार भइरहेको भए पनि पछिल्ला वर्षमा यसको बोट सुक्ने समस्याले किसान चिन्तित हुन थालेका छन् । बोटको फेद पहेँलो भई बोक्रा सुक्दै जाने समस्या देखिने गरे पनि यो रोग के हो भन्नेमा पहिचान हुन नसकेको किसानको भनाइ छ ।

चुरे गाउँपालिकाको निगालीसहित आसपासको सहजपुर र खैराला क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र हो । सुदूरपश्चिमका अन्य जिल्लाहरुमा उत्पादन हुने सुन्तलाभन्दा निगालीमा उत्पादन हुने सुन्तला निकै स्वादिलो हुने, दाना ठूलो र आकर्षक देखिने गरेको व्यापारीको भनाइ छ । अहिले निगालीमा मात्रै व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसान २०० भन्दा बढी पुगेको किसान आचार्य बताउनुहुन्छ ।

आचार्यले भन्नुभयो, “एक किसानले वर्षमा सुन्तला बिक्रीबाट मात्रै कम्तीमा रु ५० हजारदेखि बढीमा रु आठ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।” अन्यत्रबाट ल्याइएको उन्नत जातको सुन्तलाभन्दा स्थानीय जातको सुन्तला स्वादिलो एवम् मीठो हुने हुँदा स्थानीय कृषकहरु आफैँ यो स्थानीय जातको सुन्तलाको बीउ तयार गरेर बिक्री वितरणसमेत गर्ने गरेका छन् ।

सुन्तला खेती बिस्तार हुँदै गए पनि सिँचाइको समस्या, उत्पादन भएपछि सहज रुपमा बजारसम्म सुन्तला पुर्याउन बाटोको असुविधा र उत्पादित सुन्तला भण्डारणका लागि शीतभण्डार लगायतका समस्या किसानले झेल्दै आएका छन् ।