३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति महिला फुटबल : साबित्राको ह्याट्रिकसँगै एपीएफ फाइनलमा



अ+ अ-

काठमाडौं । एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गर्नुभयो ।

यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक/एक गोल गर्नुभएको थियो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक÷एक गोल गर्नुभएको थियो । एपीएफले त्रिभुवन आर्मी क्लब र भूटानको टोलीबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गर्नुभएको थियो । यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याउनुभएको थियो । मध्यान्तरअघिको इन्जुरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गर्नुभयो । लगत्तै पुलिसकी घिमकुमारीले गोल गर्नुभयो ।

मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपीएफका लागि सावित्राले दुई तथा रेखाले एक गोल गर्नुभयो । आर्मी र भूटानको टोलीबीच अहिले केही बेरमा सेनाको मुख्यालयस्थित खेल मैदानमा दोस्रो सेमिफाइनल खेल हुँदैछ ।