५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति महिला फुटबल : साबित्राको ह्याट्रिकसँगै एपीएफ फाइनलमा



अ+ अ-

काठमाडौं । एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गर्नुभयो ।

यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक/एक गोल गर्नुभएको थियो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक÷एक गोल गर्नुभएको थियो । एपीएफले त्रिभुवन आर्मी क्लब र भूटानको टोलीबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गर्नुभएको थियो । यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याउनुभएको थियो । मध्यान्तरअघिको इन्जुरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गर्नुभयो । लगत्तै पुलिसकी घिमकुमारीले गोल गर्नुभयो ।

मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपीएफका लागि सावित्राले दुई तथा रेखाले एक गोल गर्नुभयो । आर्मी र भूटानको टोलीबीच अहिले केही बेरमा सेनाको मुख्यालयस्थित खेल मैदानमा दोस्रो सेमिफाइनल खेल हुँदैछ ।