४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल

क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल
अ+ अ-

कास्की । “गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पार्यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र प्रचार भयो । प्रतियोगिताले पोखरालाई चिनाउन योगदान दियो ।” गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता उद्घाटनका अवसरमा व्यक्त गर्नुभएको भनाइ हो यो ।

मुख्यमन्त्री गुरुङले भन्नुभएजस्तै पीपीएलले अन्य प्रतियोगितालाई छायाँमा पारेको त छ नै क्रिकेटप्रतिको आकर्षण बढाउँदै पोखरालाई विश्वस्तरमा चिनाउनसमेत मद्दत पुर्याएको छ । व्यवस्थित क्रिकेट पूर्वाधार निर्माण गर्न सकेको खण्डमा क्रिकेटको भविष्य उज्ज्वल रहेको कसैको दुई मत छैन । पोखराको क्रिकेट मैदानले विश्वको ध्यान तानेको छ ।

आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छे र अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्यसँग रमाउँदै खेल खेल्ने चाहना आम खेलाडीको रहने गर्दछ । फेवातालको किनार र हिमालको काखमा क्रिकेट खेल्ने त्यो चाहना पोखरामा भइरहेको पीपीएलले पूरा गर्न थालेको छ ।

पोखरा पर्यटन सँगसँगै खेलकुदको क्षेत्रमा समेत अग्रणी छ । फुटबल र भलिबलका माध्यमबाट स्वदेश तथा विदेशमा परिचित छ । दुवै खेलका बर्सेनि ठूला प्रतियोगिता यहाँ हुन्छन् । यहीँ फुटबल खेलेर अनिल गुरुङले राष्ट्रिय टोलीको कप्तानी गर्नुभयो । भलिबलमा मञ्जु गुरुङसँगै अरुणा शाहीले अहिले पनि राष्ट्रिय टोलीको कप्तानी गरिरहनुभएको छ । उहाँहरुलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पोखराले उत्पादन गर्दै आएको छ ।

अब पोखरा फुटबल र भलिबलमा मात्र सीमित रहेन । गत वर्षबाट शुरु भएको क्रिकेटको टी–२० फ्रेञ्चाइज लिग पीपीएलले पोखरेलीलाई क्रिकेटप्रति समेत आकर्षित गराएको छ । पर्यटकीय शहरमा बर्सेनि क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता शुरु भएबाट क्रिकेटको रौनक बढाएको छ । पोखराले क्रिकेट बुझ्न र खेल्ने बानीको शुरुआत गरेको छ ।

राष्ट्रिय मात्र नभई विदेशी लिगमा समेत नाम चलेका खेलाडी पीपीपएलमा खेलिरहेकाले खेल हेर्ने दर्शकको कमी छैन । हालै सम्पन्न १३ औँ सागमा महिला क्रिकेटसमेत सम्पन्न भएबाट आगामी दिनमा क्रिकेटका राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पोखराले ठूलो सम्भावना बोकेको छ ।

अहिले धेरै स्थानमा बालबालिकाहरु बल र ब्याट लिएर क्रिकेट अभ्यास गर्न शुरु गरेबाट सुखद दृश्य देखिन थालेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । सबै उमेर समूहलाई क्रिकेटले छोएकाले क्रिकेट खेलको सुन्दर भविष्यको गोरेटो कोर्न शुरु भएको भन्दै उहाँले थप्नुभयो, “यहाँ क्रिकेटको चहलपहल र रौनक ल्याउन पीपीएलले योगदान दिएको छ । क्रिकेट आकर्षण र माहौल यसले बढाएको छ ।”

पीपीएल आयोजनासँगै सरकारले समेत क्रिकेट पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेको छ । पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । यसका लागि सङ्घ सरकारले चालू आर्थिक वर्षमा रु तीन करोड तथा प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेका भए पनि काम भने शुरु हुन सकेको छैन । प्रतियोगिता चल्दै गर्दा यहाँका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका छन् । आगामी दिनमा पोखरा क्रिकेटका लागि ‘तटस्थ भूमि’ बन्नसक्ने सम्भावनासमेत उत्तिकै छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान एवं चितवन राइनोजका कप्तान पारस खड्काले पीपीएल क्रिकेटका माध्यमबाट पोखरालाई चिनाउने महत्वपूर्ण माध्यम बनेको बताउनुहुन्छ । क्रिकेट आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई ‘एक्सपोजर’ दिएर व्यावसायिकतातर्फ उन्मुख बनाउन योगदान पुगेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले क्रिकेटका ‘फलोअर’ बढेका छन्, लगानी बढेको छ । पहिला केही नभएको अवस्थामा पोखरामा क्रिकेटको जग बसाल्न पीपीएलले योगदान गरेको छ ।” खड्काले विश्वका धेरै देशका खेलाडी यहाँ आएर खेल्न इच्छुक रहेको बताउँदै क्रिकेटमार्फत देशलाई चिनाउने सफल भएको उल्लेख गर्नुभयो ।

पीपीएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले आकर्षक पुरस्कार र खेलाडीलाई प्रदान गरिएको सुविधाले प्रतियोगिताको महत्व बढाएको बताउनुभयो । पीपीएल विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) ले मान्यता दिएको प्रतियोगिता हो । लामाका अनुसार स्वदेशी सँगसँगै विदेशी खेलाडीसमेत खेलिरहेको र संसारले पोखरालाई हेरिरहेकाले क्रिकेटले विकास र पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ ।

“पीपीएलमा राम्रो फिडब्याक छ, कर्पोरेट हाउसको लगानी छ । खेलाडी विकास र पूर्वाधार विकासमा यसले योगदान दिँदै भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याएको छ”, लामाले थप्नुभयो ।