१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

पर्यटन व्यवसायी उत्साहित, ३७ करोड लागतको गुण्डु ग्राण्ड शिलान्यास

पर्यटन व्यवसायी उत्साहित, ३७ करोड लागतको गुण्डु ग्राण्ड शिलान्यास
अ अ+ अ-

भक्तपुर । नेपाल सरकार पर्यटन मन्त्रालयले पर्यटकीय क्षेत्र घोषणा गरेपछि सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को ऐतिहासिक रानीकोट गढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

नगरकोट र धुलिखेलपछिको अर्को ठूलो पर्यटकीय क्षेत्रको रुपमा विकास भएको यो क्षेत्रमा पर्यटन व्यवसायी उत्साहित बनेपछि करोडदेखि अरबसम्मको लगानीमा होटल व्यवसाय सुरु हुन थालेको छ ।
यसैक्रममा आज सूर्यविनायक नगरपालिका ७ घ्याम्पे डाँडा पाईलटबाबा आश्रम नजिकै ३७ करोड रुपैयाको लागतमा निर्माण हुन लागेको द ग्राण्ड गुण्डु रिसोर्टको शिलन्यास गरिएको छ ।

शिलान्यास पछि बोल्दै संघीय संसदका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले स्वदेशी तथा विदेशी नागरिकका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी भईरहदाँ सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेसंगै पर्यटन व्यवसायीहरु उत्साहित भएको बताउनुभयो । नौ वटा हिमश्रंखलादेखि काठमाण्डौ उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पे डाँडा , रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वर लगायतका क्षेत्र नयाँ पर्यटकीय आकर्षक गन्तव्य बनेको बताउनुभयो ।

यस क्षेत्र सूर्यविनायकदेखि गुण्डुहुदै र सूर्यविनायकदेखि गणेश मन्दिर हुदै आउने दुईवटा ८ देखि ११ मिटरसम्मको चौडा भएको सडक निर्माण सम्पन्न भईसकेको बताउदै उहाँले भन्नुभयो–“अबको दुईवर्षमा सबै सडक कालोपत्र गर्छौ, यहाँ आवश्यक खानेपानीदेखि अन्य पूर्वाधारहरु मेरै पहलमा पूर्णता गर्छु, अब व्यवसायीले ढुक्कसंग लगानी गर्नुस् ।”

यो क्षेत्र उपत्यका कै उत्कृष्ठ पर्यटक गन्तव्य बन्ने चर्चा गर्दै उहाँले यस क्षेत्रमा प्याराग्लाईडिङ्ग, बन्जी जम्प, जिप लाईन संचालनमा आउने तयारी रहेको र पर्यापर्यटन, पदमार्ग, शिवमार्ग निर्माण सुरु भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको सांसद बस्नेतले बताउनुभयो । उहाँले पर्यटन व्यवसायीलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गर्दै नगरपालिकाले व्यवसायीलाई करमा आवश्यक छुट दिने र सहजता गराउन आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी एवं द ग्राण्ड गुण्डुका अध्यक्ष बिज्ञान राईले १८ जना व्यवसायीको सामुहिक लगानीबाट रु. ३७ करोडको् लागतमा ५२ रोपनी क्षेत्रफलमा अत्याधुकिन सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको बताउनुभयो ।

यसक्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाउने लक्ष्यका साथ अबको दुईवर्षमा निर्माण सम्पन्न गर्ने गरि सात तले भवन निर्माण गर्न लागिएको बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो–“सात तले भवनमा ४४ वटा सुविधासम्पन्न कोठाहरु रहन्छन्, करिब २०० जना अट्ने क्षमताको सेमिनार हल, ५०० जनासम्म अट्ने बैंक्वैट, स्वीमिङ्ग पुल, स्पा, व्यायाम कक्ष, बाल उद्यान, शैक्षिक अनुसन्धान केन्द्र, साहसिक गेमहरुको सपोर्ट, पिकनिक स्पोर्टस्, २०० सवारी साधन अट्ने पार्किङ्ग लगायतका संंरचना निर्माण हुन्छ ।”

त्यस्तै कुखुरा, कालिज, गाई लगायतका पुशपंक्षीको फार्म समेत रहने र बालबालिका तथा विद्यालयहरुका विद्याथीृहरुको लागि अध्ययन केन्द्रको रुपमा समेत विकास गर्ने बताउदै उहाँले सतप्रतिशत अर्गानिक खानाको व्यबस्था गरिने भएको छ ।

अर्गानिक तरकारी उत्पादन गर्दै स्थानीय उत्पादन र स्थानीयबासीलाई पहिलो प्राथमिकतामा राखेर सीप अनुसारको रोजगारीको व्यबस्था गर्ने, कला संस्कृतिको प्रर्दशन गर्ने, स्थानीय तामाङ्ग, नेवारी साँस्कृतिक प्रस्तुती दिदै विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षण गर्ने गरि संरचना निर्माण हुन लागेको अध्यक्ष राईले बताउनुभयो ।

कार्यक्रममा सुनपा ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ८ का वडाअध्यक्ष किरण थापा, द ग्राण्ड गुण्डुका संचालक नूतन सुब्बा, घ्याम्पे डाडा पर्यटन विकास समितिका अध्यक्ष रोमन शिलाकार लगायतलृे पर्यटन व्यवसायबाटै भक्तपुरको आर्थिक सम्बृद्धिमा टेवा पुर्याउने बताउनुभयो ।
अध्यक्ष शिलाकारले यही क्षेत्रमा तीन अर्बको लगानीमा घ्याम्पे डाडामा होटल संचालन गर्दै यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने घोषणा समेत गर्नुभयो ।