१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

रत्यौली र मारुनीमा नाचमा झुमे दर्शक

रत्यौली र मारुनीमा नाचमा झुमे दर्शक
अ अ+ अ-

पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा जारी १६औँ लेखनाथ महोत्सवमा सोमबार रत्यौली, मारुनीलगायतका परम्परागत संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको छ । महोत्सवमा विभिन्न विद्यालयका तर्फबाट विद्यार्थीका प्रस्तुतिका साथै विभिन्न आमा समूहले प्राचीन मौलिकतामा आधारित प्रस्तुति देखाएका थिए ।

विद्यालयस्तरीय नृत्यअन्तर्गत लिटल फ्लावर एजुकेशनल एकेडेमी पोखरा–२७ रिट्ठेपानीद्वारा प्रस्तुत परम्परागत ‘पैसा झारे मारुनी’ अन्तर्गतको वारि तुवाँलो, पारि तुवाँलो बोलको गीतको नृत्यले महोत्सवस्थलको माहौल तताएको थियो । महोत्सवमा अमरज्योति गाउँफर्क मावि र लक्ष्मी माविका तर्फबाट पनि सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै स्याङ्जाली तमु समाजको सांस्कृतिक नृत्य तथा नमूना आमा समूह पोखरा–२५ र खराने ताजा तरकारी कृषक समूह पोखरा–२६ को रत्यौली नृत्यले दर्शकका आकर्षित गरेको थियो ।

नेपाली समाजमा बेहुलालाई चिटिक्क पारी सिङ्गारेर दुलही लिन पठाएपछि महिलाले मात्र मनोरञ्जनका रुपमा खेलिने रत्यौली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उक्त नृत्य प्रस्तुत गरिएको हो । महोत्सवमा सोमबार मात्रै करीब एक करोड बराबरको आर्थिक कारोवार भएको सङ्घका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार करीब १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । हालसम्म करीब एक लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेको र रु पाँच करोड ५० लाख बराबरको आर्थिक कारोवार भएको सङ्घका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले बताए ।

लोकदोहोरीतर्फ प्रजापति पराजुली, कृष्ण रेउले, चोलेन्द्र पौडेल, प्रदीप त्रिपाठी, सीता केसी, मञ्जु विक, काजल गुरुङ, माया गिरीलगायतका कलाकारको प्रस्तुति थियो भने हाँस्यतर्फ चक्लेटी र दारी बाको प्रस्तुति थियो । साँझको लाइभ कन्सर्टमा मिस्टर डि, विन्दु परियार र माया पुनको प्रस्तुतिका साथै मोडल नृत्य प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।