३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपिएल: धनगढी र पोखरा बाहिरिए



अ+ अ-

काठमाडौँ । कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पार्यो । अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।

पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौँ गोल्डेन्सले आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् । चितवन अहिलेसम्म अपराजित रहेको छ । आठ अङ्कसहित ऊ शीर्षस्थानमा छ । पारस खड्का नेतृत्वको चितवनको ध्यान फाइनल खेल्नेमा मात्र छ । ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको काठमाडौँ विजयी भए उसको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहनेछ । पराजित भयो भने विराटनगर र बुटवलबीचको खेलको नतिजा कुर्नुपर्ने छ ।

प्रतियोगिताको शीर्षटोलीले उपाधि जित्नका लागि शनिबार खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि बिहीबार इलिमिनेटर खेल खेल्नेछ । पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार पाउनेछ । उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ।

प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउनेछन् । यस्तै मोस्ट भ्यालुएवल खेलाडीले रु एक लाख तथा उदीयमान खेलाडीले रु ५० हजार पुरस्कार पाउनेछन् ।