४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

कानुनको प्रयोग किन अन्धा कानुन जस्तो ?

कानुनको प्रयोग किन अन्धा कानुन जस्तो ?
अ+ अ-

वकालत गर्ने क्रममा दैनिक जस्तो यस्तै केसहरु त हेरिन्छ तर हिजो एउटा ५ महिनाको बच्चा बोकेको निर्दोष महिलाको अवस्था देख्दा नेपालको न्याय प्रणालीको बारेमा केहि लेख्न बाध्य भएको छु ।

एउटी महिला बैदेशिक रोजगारीबाट नेपाल फर्किदै थिईन उनी बिदेश जादा उनी एक्लै थिईन तर २ बर्ष पछि फर्किदा उनी ५ महिनाको बच्चा लिएर आउन बाध्य भईन ! एयरपोर्टमै उनी पक्राउ परिन, उनी बिरुद्ध कसुर थियो बैदेशिक रोजगार सम्बन्धि ठगी, जो आफै ठगिएर नेपाल आउन बाध्य भएकी थिईन ।

बैदेशिक रोजगार विभागको पक्राउ पूर्जीको आधारमा प्रहरीले बच्चा सहितकी ती आमालाई पक्राउ गरेर थुनामा राख्यो, बच्चा बिरामी छ मलाई छोडिदिनुस भन्दै ती महिला रोइन, कराईन, चिच्याईन तर पनि उनको चित्कार कसैले सुनेन किनकि उनलाई पक्राउ गर्ने प्रहरीसग त केवल वैदेशिक रोजगार विभागले पठाएको पक्राउ पुर्जी मात्रै थियो, अनुसन्धान गर्ने निकाय प्रहरी नभएर वैदेशिक रोजगार विभाग थियो जसले गर्दा प्रहरीले छोड्न सक्ने अवस्था रहेनछ । त्यसपछि कसैले मेरो नम्बर दिएछ र म कहा आइपुगिन उनकी बहिनी ।

मैले ती महिलालाई सोधे तपाईलाई किन यस्तो आरोप लाग्यो त ? उनले भनिन् जसले मलाई बिदेश पठाएको हो, त्यही एजेन्टले मेरो खातामा अरूलाई पैसा हाल्न लगाएको रहेछ, मैले पैसा पनि त्यो एजेन्टलाई online बाट ट्रान्सफर गरेको (फिर्ता दिएको ) प्रमाण छ, सो प्रमाण पनि मैले देखाए तर मेरो कुरा कसैले सुनेन भनिन ! मैले कसैलाई ठगी गेरेको छैन ठगी गर्ने नियतले त्यो एजेन्टले मेरो खाता प्रयोग गरेको रहेछ बल्ल पो थाहा पाए ! ती महिला निर्दोष हुन या दोषी त्यो त पछी मुद्दामा एउटा फैसला होला तर दुधे बच्चा भएका सुत्केरी महिला , गर्भवती महिला, गम्भीर रोग भएका, बृद्ध नागरिकलाई थुनामा राख्ने र म्याद थप्ने कानुन छ तर त्यो कानुनको प्रयोग गर्ने कुरामा किन अन्धा कानुन जस्तो बनाएको यो सवाल अदालतमा पटक पटक मैले उठाउदै आएको छु ।

म्याद थप्ने क्रममा अदालतले न्याय देला की भनेर बाल अधिकार,सुत्केरी महिलाको अधिकार, प्रतिवादीको अवस्थाको बारेमा घण्टौ बहस गर्दा पनि बैदेशिक रोजगार न्यायधीकरणबाट ती काखमा बच्चा भएकी महिलाको चैत्र २ गते सम्म म्याद थप्ने आदेश भयो, ति महिला आफ्नो ५ महिने बालक सहित प्रहरी हिरासतमा बस्न बाध्य भइन तर मलाई ती महिला सगै थुनामा बस्न बाध्य भएका ५ महिने अबोध शिशुको यादले रातभर नै झस्काइरह्यो र निदाउन समेत सकिन ।

आज ति महिलाको बहिनीले कानको सुन बेचेर ल्याएको बिगो बराबरको रकम वैदेशिक रोजगार बिभागको धरौटी खातामा जाहेरवालाले पाउने गरी जम्मा गरेपछि बच्चा र महिलालाई थुनामुक्त गरेर साझमात्र निस्कदै गर्दा वैदेशिक रोजगार विभागमै सुने कि यस्तै मुद्दामा अर्की ८ महिनाको गर्भवती महिला पनि २० दिन देखि थुनामा रहेको जानकारी पाउदा आज पनि निदाउन सक्ने अवस्था रहेन । जबकी ७ महिना माथीका गर्भ भएका गर्भवती महिलालाई थुनामा नराख्नु भन्ने कानुनी ब्यबस्था छ ।उनको न्यायको लागी पनि निरन्तर लाग्नेछु । न्याय केबल यान्त्रिकता भित्र खोज्ने चिज होईन यो त पबित्र आत्माको दियो जस्तै शुद्दताको ज्योति बन्नु पर्छ !

अदालत र सरकारी निकायहरु अहिले पनि पहुचवालाहरुको कब्जामा छन। गरिब, असहाय र निमुखाले न्याय पाउने कुरा आकासको फल आखा तरी मर जस्तै भएको छ । कम्तिमा पनि कानुनको प्रयोग गर्ने निकायहरुले कसुरको मात्रा, प्रतिवादीको अवस्था, कसुर प्रमाणित हुनसक्ने आधार लगायतको अवस्था बुझेर विवेक प्रयोग गर्ने हो भने यस्तो अवस्था सायदै आउला ।

हामी यो न्यायको यात्राबाट पछि हट्ने छैनौ गरिब, निमुखा र अन्यायमा परेकाको सहारा बन्ने यो यात्रालाई केहीले पनि रोक्ने छैन , कुनै शक्तीले छेक्ने छैन यो त अबिरल बगिरहने छ एउटा पबित्र गंगा जस्तै बनेर ।