१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा गम्भीर घाइतेलाई आचार्य बन्धु समाजको सहयोग



अ+ अ-

काठमाडौँ । आचार्य बन्धु समाज नेपालले सडक दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा उपचाररत खोटाङका युवराज आचार्यलाई रु ५७ हजार आर्थिक सहयोग गरेको छ । गत असोज ३ गते दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा रहनुभएका आचार्य हाल काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्छ ।

समाजका महासचिव बाबुराम आचार्यको संयोजकत्वमा सोमबार अस्पतालमै पुगी उहाँलाई ‘युवराज आचार्य बचाऊ अभियान’अन्तर्गत दाताबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ । थप उपचारका लागि उहाँलाई विराटनगरको गोल्डेन अस्पतालबाट काठमाडौँ ल्याइएको हो ।

घाइते आचार्यलाई शुरुमा विराटनगरमा उपचार गरीएको र त्यहाँ रु १० लाखभन्दा बढी खर्च भइसकेको परिवारजनले बताएका छन् । पारिवारिक अवस्था कमजोर भएको र चिकित्सकका अनुसार अझै छ महिनाभन्दा बढी नै अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले समाजले उहाँको उपचारका लागि सहयोग जुटाउन अभियान सञ्चालन गरेको थियो ।