१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु

पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
अ अ+ अ-

बेझाड । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाको निस्दी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता अभियानलाई तीव्रता दिएको छ ।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गर्न टोल अभियान शुरु गरेको हो ।

निस्दी गाउँपालिका–४ स्थित मित्याल स्वास्थ्य चौकीले गाउँपालिकामा नै पहिलो पटक पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु गरेको छ । विसं २०७३ देखि हालसम्म निस्दी–४ को मौलाथर वा साबिक मित्याल गाविस–५ को मौलाथरमा शत्प्रतिशत संस्थागत सुत्केरी भइसकेकाले मौलाथर टोलबाट अभियान शुरु गरिएको मित्याल स्वास्थ्य चौकीका प्रमुख पुरबहादुर सारुले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले गाउँपालिकामा सुनिश्चितता नै गर्नु आवश्यक रहेको बताउँदै टोेलमा मात्र नभई वडा हुँदै सिङ्गो गाउँपालिकालाई घोषणा गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य संयोजक रेमबहादुर दिशाले अन्य गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको हुनाले यस गाउँपालिकामा पनि छिटोभन्दा छिटो पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न जोड दिइएको बताउनुभयो । पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि ९५ प्रतिशतभन्दा बढी संस्थागत सुत्केरी र ९५ प्रतिशतभन्दा बढी गर्भवती परीक्षण हुनुपर्नेछ ।

पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् भने अन्य स्थानीय तहले पनि सुत्केरी घोषणा गर्ने तयारीमा जुटेका छन् । यस्तै रामपुर नगरपालिका–७ का भगवती पाठकको परिवारलाई प्रवासी नेपालीबाट सहयोग प्राप्त भएको छ । शारीरिक रुपमा अशक्त रहेका पाठक परिवारका तीन सदस्यको उपचार तथा लालनपालनका लागि प्रवासी नेपालीबाट रु दुई लाख एक हजार बराबरको रकम सहयोग प्राप्त भएको हो ।

वैदेशिक रोजगारका निम्ति युएईमा कार्यरत नेपालीबाट सङ्कलित रु दुई लाख एक हजार रकम रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आइतबार पाठक परिवारलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख थापाले विदेशमा रहेर पनि दुःखमा रहेको पाठक परिवारका लागि गरेको सहयोगको धन्यवाद दिँदै औषधि उपचार तथा लालनपालनमा खर्च गर्न अनुरोध गर्नुभयो ।

युएईस्थित कालीगण्डकी बहुउद्देश्यीय सेवा समाजका अध्यक्ष भुपराज खनालले आफ्नो व्यक्तिगत तर्फबाट पठाउनु भएको रु २३ हजार रकम उहाँका बुबा लोकनाथ खनालले पाठक परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

भगवती पाठकका श्रीमान् पन्ध्र वर्षदेखि दुवै आँखा नदेख्ने, ३५ वर्षका जेठो छोरो दुई तला माथिबाट खसेर दुई वर्षदेखि अपाङ्ता भएर बस्नुपर्ने र २९ वर्षका माइला छोरा जन्मेदेखि नै पूर्ण रुपमा शारीरिक अशक्त छन् ।

उहाँले तीनजना अपाङ्ता परिवारको सदस्यको एक्लै हेरचाह, लालनपालन गर्दै आउनुभएको छ । उहाँको परिवारको अवस्था देखेर औषधि उपचार तथा लालनपालनमा सहज होस् भनी थोरै भए पनि वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकबाट रकम उठाएर सहयोग गरेको केशव रेग्मीले बताउनुभयो ।

सो रकम रेग्मी र लक्ष्मण ढकालको नेतृत्वमा सङ्कलित गरी पाठक परिवारमा पठाइएको हो । आफूले पाएको दुःखपीडालाई मलम लगाउन देश तथा विदेशमा रहेका नेपाली नागरिकले गरेको सहयोगप्रति भगवती पाठकले धन्यवाद दिनुभयो । सो रकम श्रीमान् र दुई छोराको उपचार, लालनपालनमा खर्च गर्ने पनि उहाँले बताउनुभयो ।

यसैगरी पाठक परिवारलाई रामपुर नगरपालिकाका प्रमुख थापाले यसभन्दा अघि नै एक महिनाको आफ्नो तलब र अन्य रकम गरेर रु ५५ हजार रकम सहयोग गरिसक्नुभएको छ । त्यस्तै पाठक परिवारलाई ‘वी लभ पिपुल’ नामक संस्थामार्फत रु ३० हजार, नारायणघाटमा बसोबास गर्ने दुई व्यक्तिबाट रु दश हजार, जन्मदिनको फजुल खर्च कटाएर एक व्यक्तिबाट रु छ हजार, कोरियामा कार्यरत पाठकका आफन्तबाट रु २६ हजार रकम सहयोग जुटेको पाठक परिवारले जनाएको छ ।