१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्छ : शिक्षामन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

संघीयतामा शिक्षा स्थानीय तहका राम्रा अभ्यास, अवशर र चुनौती विषयक अन्तरक्रियामा शिक्षामन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन सकिने उहाँले बताउनुभयो । मन्त्री पोखरेलले शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन नसकिने बताउनुभयो ।

कीर्तिपूर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहले हस्तक्षेप गरी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि कुनै विकृति आएको भए त्यसको जिम्मेवारी आफुले लिने बताउनुभयो ।

शिक्षाविद विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरिय शिक्षाको प्रत्याभूत गर्न नसकिएको बताउनुभएको छ । स्थानीय सरकार स्वयत्त सरकार हो भन्ने कुरा प्रदेश र संघले नबुझेसम्म यो समस्याको समाधान नहुने उहाँले बताउनुभयो ।

शिक्षा पत्रकार समूहले कार्यक्रम आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।