१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

दुई व्यक्ति मैत्रिकला प्रदर्शनी

दुई व्यक्ति मैत्रिकला प्रदर्शनी
अ अ+ अ-

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले आगामी विहीबार राजधानी काठमाण्डौमा कलाकारद्धय धर्मराज शाक्य (नेपाली) र झेन झोन्गी(चीन) को ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ गर्ने भएको छ ।

सङ्घले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रर्दशनीबारे जानकारी गराएको हो । नेपाली कला, संस्कृति तथा नेपाली उत्पादनको विकास, निर्यात प्रवद्र्धन र बजारीकरणका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरका मेलाहरु आयोजना गर्दै आएको सङ्घले विहीबार देखि काठमाण्डौको बबरमहल स्थित नेपाल कला परिषद्को कार्यालयमा कला प्रर्दशनी आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा प्रर्दशनीका संयोजक तथा सङ्घका महासचिव शान्त कुमार श्रेष्ठले नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा नेपाल कला परिषद्मा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गर्न लागेको जानकारी दिनुभयो । श्रेष्ठले प्रदर्शनीले दुई देशबीच प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले पुस १० देखि ५ दिन सम्म चल्ने यस प्रर्दशनी अवलोकन गर्न गराउन र कलाकारहरुलाई प्रोत्साहन प्रदान गर्नुहुन पनि अनुरोध गर्नुभयो ।

त्यसैगरी अध्यक्ष धर्मराज शाक्यले प्रर्दशनीमा २२ वटा गणेशको चित्रका साथै १० वटा नेपाली मुर्ति र कलाकार झेन झोन्गी(चीन)का ३० वटा चित्र प्रदर्शनीमा राखिने जानकारी दिनुभयो । प्रर्दशनीका सल्लाहाकार एवं वरिष्ठ पत्रकार (चीन) का सु हाओले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी देश भएकाले दुवैको सम्पदाको प्रयोग गरि महत्वपुर्ण भुमिका खेल्ने भएकाले दुवै देशलाई प्रदर्शनीले फाईदा पु¥याउने बताउनुभयो । हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झेन झोन्गी नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउनु गर्वको विषय भएको बताउनुभयो । शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउदै आएका चिनियाँ कलाकार झोन्गीले विश्वका विभिन्न स्थानमा कला प्रर्दशनी गरिसकेको र आफ्नै विश्वविद्यालयमा पनि कला क्षेत्रका विभिन्न २७ वटा विषय अध्ययन गराएर कला क्षेत्रको विकासमा सहयोग पुयाएको भनेर प्रशंसा गर्नुभयो ।

सङ्घले नेपाली कला र शिल्पको प्रयोग गरिएका हस्तकला, वास्तुकला, धातुकला, प्रस्तरकला, चित्रकला तथा नेपाली उत्पादनलाई अन्तराष्ट्रियस्तर प्रचार प्रशार गर्ने क्रममा दक्षिण एसियाली राष्ट्रको अलावा युरोपियन राष्ट्रहरुमा आयोजित मेलाहरुमा नेपालको तर्फबाट सहभीता जनाउदै आएको छ ।